२३ जेठ काठमाडौं । वर्माबाट उद्धार गरेर ल्याईएका २६ नेपाली नगरीक नेपाल आईपुगेका छन । शुक्रबार नेपाल आईपुगेका ती नेपालीलाई सेनाले व्यवस्थापन गरेको वसुन्धरा स्थित होल्डिङ सेन्टरमा लगिएको छ । वसुन्धरामा रहेको यति पार्टी प्यालेसलाई एउटा होल्डिङ सेन्टर बनाईएको छ ।
सो होल्डिङ सेन्टरमा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ घर भएकालाई राख्ने भनिए पनि बर्माबाट आएकाहरु थोरै संख्यमा रहेकोले एकै ठाउँमा राख्न लागिएकोे बताईएको छ । होल्डिङ सेन्टरमा एकरात बसेपछि उनीहरुलाई होम क्वारेन्टाईनमा बस्ने गरि आ आफ्नो जिल्ला पठाईने छ ।
विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार कोरानाको संक्रमण भएका जुनसुकै देशका नागरिकलाई पनि निको नभई सम्बन्धित देश पठाउन पाईंदैन । भारत वहेक विश्वका प्राय सबै देशले कोरोना संक्रमण नभएका नेपाली नागरिकलाईमात्र नेपाल पठाउने भएकाले उनिहरुको व्यवस्थापन गर्न केहि सजिलो हुने निस्चित छ । शुक्रबार नै दुबईबाट पनि १६८ जना नेपाली स्वदेश आउँदैछन ।
सरकारले विदेशबाट उद्धार गरि ल्याईएका नेपालीहरुको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ ।
वि.सं.२०७७ जेठ २३ शुक्रवार १२:४२ मा प्रकाशित






























