५ जुलाई । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले नेपालको रुकुम घटनाको भत्सर्ना र अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या विरुद्धमा प्रर्दशन भैरहेका शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ ।
फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले प्रेस वक्तव्य जारी गर्दै रंगभेद र जातिय विभेद आफूहरुलाई सैह्य नहुने बताएका छन् ।
बिहिबार न्युयोर्क राज्यका सेनेटर जन सि. लियु (NYS Senator John C. Liu) को आवाहनमा ‘हामी सास फेरौं’ भन्ने नाराका साथ पुलिसमा सुधारहरुका लागि शान्ति ¥यालीमा फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा,केन्द्रीय सदस्य सुर्य सिम्खडा, वरिष्ठ कलाकार एवं समाजसेवी बसन्ती राइँ, ईमेजखबर अमेरिकाका सम्वाददाता दिवाकर बागचन्द,घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कुन्जन पौडेल लगायत उपस्थित भएर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको वक्तव्यमा उल्लेख छ ।
अमेरिकाको मिन्यापोलिस राज्यमा मई २५,२०२० का दिन प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाको विभिन्न राज्यमा शान्तिपूर्ण प्रदर्शन भएका छन्।
अध्यक्ष घिमिरेले मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दुःखी” भएको भन्दै एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद् भएको बताएका छन् । ‘जबसम्म हाम्रो सोचं मा परिवर्तन आउँदैन, समस्याको समाधान निकै गाह्रो हुने’ उनि बताउँछन।

सोही ¥यालीमा फाउण्डेसनले हालै नेपालको रुकुममा भएको घटनाको पनि घोर भ्रत्सना गरिएको वक्तव्यमा उल्लेख गरिएको छ । एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग उपल्लो बर्गको नाममा हत्या हिंसा दुःखद र निन्दनीय भएको बताइएको छ । रुकुम घटनाको सत्य तथ्य खोजविन गरी निष्पक्ष छानबिन गर्न र दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न पनि नेपाल सरकारसँग उसले जोडदार माग गरेको छ ।
फाउण्डेशनका अध्यक्ष घिमिरे सबैखालको विभेदको अन्त र शान्तिको कामना गर्दै भन्छन– ‘हामीले शान्तीको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन सक्दछौ र कुनै किसिमको अन्याय स्वीकार्य हुदै हुदैन, जहाँ न्याय छैन शान्ति कहिल्यै हुदैन। हाम्रो सोच परिवर्तन गरौ र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।’
वि.सं.२०७७ जेठ २३ शुक्रवार ११:५९ मा प्रकाशित






























