back
CTIZAN AD

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने

वि.सं.२०७७ जेठ २३ शुक्रवार

612 

shares

२३ जेठ, काठमाडौँ । कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।

स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भन्नुभयो, “स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको छ । यसै अनुरूप यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइनेछ ।”

उहाँले थप्नुभयो, “सिद्धान्ततः १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने यस पहिलेको अनिवार्य शर्तलाई पनि ती नाकाबाट प्रवेश गर्ने पर्यटकका लागि हटाइने छ ।”

यो निकै महत्वपूर्ण भएको छ किनकि यसले फ्रान्सेली तथा पोर्चुगाली पर्यटकलाई स्पेनमा स्वागत गर्ने बाटोलाई महामारीपछि पुनः खुला गर्ने उहाँको भनाइ थियो ।

स्पेनले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन दिनपछि फ्रान्स र पोर्चुगलसँगको सीमानाकालाई गत मार्च १७ देखि बन्द गरेको थियो ।

स्पेनमा बिहीबारसम्म दुई लाख ४० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् भने २७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार ११:५५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...