back
CTIZAN AD

विदेशमा रहेका ५ हजार भन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त, संक्रमण दर ७५ प्रतिशतले घट्यो

वि.सं.२०७७ जेठ २५ आइतवार

720 

shares

२४ जेठ, लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका १४ हजार बढी नेपालीमा शनिवार (६ जुन २०२०) साँझसम्म ५ हजार ५ सय ९० जना नेपाली कोरोना संक्रमणबाट मृक्त भएको समाचार छ ।

गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट विदेशमा हालसम्म १२५ नेपालीको मृत्यु भएको छ । जसमा यो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएको तथ्यांक एनआरएनएले सार्वजनिक गरेको छ ।

यद्यपी विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने र संक्रमित हुने नेपालीको संख्या उल्लेख्य रुपमा कमि आएको एनआरएनएले बताएको छ । विगतमा भन्दा यो साता संक्रमित हुने र मृत्यु हुनेमा झण्डै ७५ प्रतिशतले कमी आएको संघको दावी छ ।

संघका अनुसार हालसम्म विश्वका ३४ देशमा कोरोना भाइरसबाट संक्रमित भएका १४ हजार ४ सय ५४ जना नेपालीमा ५ हजार ५ सय ९० जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् भने १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको संघले बताएको छ । बहराइनस्थित नेपालीली दूतावासले भने कोरोना भाइरस संक्रमणका कारण बहराइनमा कुनैपनि नेपालीको मृत्यु नभएको बताउँदै आएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार १५:४८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...