Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी



२७ जेठ, काठमाडौँ । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको छ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ ।
भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी मारिएका र त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय सैनिक स्रोतले जानकारी दिएको हो ।

पछिल्लो दुई दिनमा मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौ जना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा