back
CTIZAN AD

एकता समाजले टिकट काटेर घर फर्कायो दर्जीलाई

वि.सं.२०७३ पुस ११ सोमवार

963 

shares

अरुणादय २ तनुहुँ निवासी दुर्गाबहादुर दर्जी बिगत केहि समय देखि कतारको Majestic ort Stone & Marble कम्पनिमा कार्यरत रहदै आएकोमा चार महिना अगाडी देखि कम्पनिको मुदिर भागेकोले चार महिना देखिको तलब सुबिधा समेत नपाइ बिचल्ली भइ घर फर्कन नसकीरहेको अबस्थामा गत २७ अक्टोबर २०१६ का दिन निजलाई कतार नेपाली एकता समाजले घर फिर्तीको लागि हवाइ टिकट उपलब्ध गराएको छ ।

कतारको लेबर एरिया सहलिया स्थित क्याम्पमा बस्दै आएका दर्जी समस्यामा परी भौतारिदै हिडिरहेको अबस्थामाकतार नेपालीएकता समाजको केन्द्रिय सदस्य लक्ष्मण कोइरालाको सम्पर्कमा आएका थिए । कोइरालामार्फत एकता समाजको मुद्धा बिभागमा समस्या समाधानको निम्ति निबेदन पर्न आए पछि बिभागले तत्काल पहलकदमी लिएको थियो । मुद्धा बिभागका संयोजक बिष्णु थापाको अनुसार दर्जीको घर फिर्ती सम्बन्धमा केहि सामान्य कानुनी समस्या समेत रहेको थियो । ती समस्यालाई समाजले नेपाली राजदुताबास कतार संग समन्वय गरि दुताबास मार्फत समाधान गरि निजलाई स्वदेश फिर्ता पठाएको थियो

वि.सं.२०७३ पुस ११ सोमवार ०५:११ मा प्रकाशित