back

एकता समाजले टिकट काटेर घर फर्कायो दर्जीलाई

वि.सं.२०७३ पुस ११ सोमवार

714 

shares

अरुणादय २ तनुहुँ निवासी दुर्गाबहादुर दर्जी बिगत केहि समय देखि कतारको Majestic ort Stone & Marble कम्पनिमा कार्यरत रहदै आएकोमा चार महिना अगाडी देखि कम्पनिको मुदिर भागेकोले चार महिना देखिको तलब सुबिधा समेत नपाइ बिचल्ली भइ घर फर्कन नसकीरहेको अबस्थामा गत २७ अक्टोबर २०१६ का दिन निजलाई कतार नेपाली एकता समाजले घर फिर्तीको लागि हवाइ टिकट उपलब्ध गराएको छ ।

कतारको लेबर एरिया सहलिया स्थित क्याम्पमा बस्दै आएका दर्जी समस्यामा परी भौतारिदै हिडिरहेको अबस्थामाकतार नेपालीएकता समाजको केन्द्रिय सदस्य लक्ष्मण कोइरालाको सम्पर्कमा आएका थिए । कोइरालामार्फत एकता समाजको मुद्धा बिभागमा समस्या समाधानको निम्ति निबेदन पर्न आए पछि बिभागले तत्काल पहलकदमी लिएको थियो । मुद्धा बिभागका संयोजक बिष्णु थापाको अनुसार दर्जीको घर फिर्ती सम्बन्धमा केहि सामान्य कानुनी समस्या समेत रहेको थियो । ती समस्यालाई समाजले नेपाली राजदुताबास कतार संग समन्वय गरि दुताबास मार्फत समाधान गरि निजलाई स्वदेश फिर्ता पठाएको थियो

वि.सं.२०७३ पुस ११ सोमवार ०५:११ मा प्रकाशित

Himalayan Life AD
न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...

कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा – महासचिव नेम्बाङ 

कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा – महासचिव नेम्बाङ 

नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले एक बिज्ञप्ति प्रेसित...