back
CTIZAN AD

केराबारीमा मच्छिन्द्र मेला लाग्ने

वि.सं.२०७३ पुस ११ सोमवार

975 

shares

११ पुस,पथरी (मोरङ) । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको परापूर्वकालदेखि लाग्दै आएको मोरङ केराबारीको मच्छिन्द्र मेला पुनःसञ्चालनमा आउने भएको छ ।

पुस १९ गतेदेखि पुस २५ गतेसम्म मेलाको आयोजना गरिने केराबारी व्यापार प्रबन्ध समितिले जनाएको छ । हरेक वर्ष औँसीको पौष पञ्चमीदेखि साता दिनसम्म लाग्ने सो मेला विगत माओवादी द्वन्द्वकालमा शान्ति सुरक्षाको अभावका कारण लाग्न सकेको थिएन ।

केराबारीको पहिचानका रुपमा स्थापित सो मेला २१ वर्षपछि पुनःलगाउने तयारी गरिएको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले बताउनु भयो । अध्यक्ष विकका अनुसार मेलामा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न जातजातिको झाँकी, स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनीका साथै मनोरन्जनात्मक खेलकुद तथा बालउद्यान राखिनेछ ।

तत्कालीन समयमा खदम खोलाको बगरमा मेला लाग्दै आएको सो मेलालाई विकृति विसङ्गतिरहित बनाउँदै अगाडि बढाउने उद्देश्यले स्थानीय धार्मिक सांस्कृतिक कृषि प्रवद्र्धन गर्न केही परिमार्जन गरिने विकले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ११ सोमवार ०५:११ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...