back
CTIZAN AD

अफ्रिकामा पनि  बिमोचन  भयो लामिछानेको ‘सरसर्ती संसार’

वि.सं.२०७३ पुस ११ सोमवार

798 

shares

book-bomochan

 

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।

नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत थापासँग पुस्कतको बारेमा चर्चा गरेका थिए। लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत संघ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए । ‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुची सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’ उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधै आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो ।

पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्कत लेख्नका लागि काठमाडौंको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरुले जोड गरेको बताए । ‘एक जना नाम चलेको साहित्यकारले वरिष्ठ साहित्यकार भनेर पुस्तक हस्ताक्षर गरेर दिनुभयो । त्यसपछि जुगलजी(भूर्तेल)ले अब त तपाईँले नलेखि नहुने भो भन्नुभयो’ उनले भने, ‘पहिलेदेखि नै सामाजिक सञ्जाल होस वा पत्रपत्रिका लेखेको सबैतिर राम्रै प्रतिक्रिया प्राप्त गरेको थिए । ‘ दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो ।

अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने । ‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’ राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।’

वि.सं.२०७३ पुस ११ सोमवार ०५:५५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...