
२९ जेठ, काठमाण्डौं । गण्डकी प्रदेशको पर्वत जिल्लामा आज बिहान थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।
जसमा पैयु गाउँपालिका २० वर्षे पुरुष, बिहादी गाउँपालिकाका ३२ वर्षे पुरुष, कुश्मा नगरपालिकाका १९,२३,२९,३७,४५,२८,२०, २८ वर्षे र उमेर नखुलेका १ जना, मणिपाल अस्पतालमा उपचाररत १ पुरुष र पालिका नखुेलेका ३२ वर्षीय पुरुष गरी जम्मा १३ जना रहेका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयलका अनुसार स्याङजाका गल्याङ नगरपालिकाका ६६, ४४,१६,२०,१८,२९,३५,२३, १५, ४५, २५,२०,३१,२५,२०,२० २४ र ३५ वर्षे पुरुष र उमेर नखुलेका १ जना स्याङजा अर्जुन चौपारीका ३ वर्षीय बालक, वालिङ नगरपालिकाका ३३ र ३५ वर्षे पुरुष, ठाउँ नखुलेका १ जना गरी २२ जना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यबिन्दु नगरपालिकाका १७ वर्षे पुरुष र तनहुँ घिरीङ गाउँपालिकाका १९ वर्षीय गरी जम्मा ३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका ३७ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ भने प्रदेशका ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।