back
CTIZAN AD

आजको सचिवालय बैठक : बालुवाटारमै बादलले पानी झार्ने

वि.सं.२०७७ जेठ ३२ आइतवार

729 

shares

३२ जेठ, काठमाडौँ । बालुवाटारमा आज महत्वपूर्ण विषयमा निर्णय हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकबाट महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको हो ।
पार्टीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समेतलाई थाहा नदिई दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको, पार्टी बैठक राख्न हिच्किचाउने गरेको, एमसीसी परियोजनामा राखिएको ट्रान्समिसन लाइन सम्बन्धी कुरो नीति तथा कार्यक्रममा राखिएको र त्यसो नगर्न भन्दाभन्दै बजेटमा समेत घुसाइएको विषयलाई लिएर नेकपा मित्र द्वन्द्व सल्केको थियो ।

नक्सा सार्वजनिक गर्ने र राष्ट्रिय सहमति जुराउने काम भए लगत्तै बस्ने नेकपाको आजको सचिवालयको बैठकमा एमसीसी सम्बन्धी सघन छलफल हुने बताइएको छ । परियोजना स्वीकृति भएपछि वा संसदबाट अनुमोदन गर्ने पिइए पनि गोप्य रुपमा गरिसकेको र नदेखाइएका ६ वटा बुँदा झन बढी राष्ट्रघाती भएका कारण आजको बैठक एमसीसीमै केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

राम्रा काम गर्दा पनि अपजस मात्रै व्यहोर्नु परिरहेको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस बीचमा एमसीसीको लठ्ठी प्रचण्डका हातमा पु¥याइदिने प्रयत्न गरेका थिए । नेकपाको एक उच्च सुत्रका अनुसार अहिलेकै शर्त मान्ने गरी अनुमोदन नहुने प्रचण्डको अडान पछि आजको बैठक बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग नजिकीएका रामबहादुर थापा ‘बादल’ पनि एमसीसीको विपक्षमा उभिने स्थिति देखिएपछि यसबारेमा प्रधानमन्त्री थोरै ब्याक हुने अनुमान गरिएको छ ।

नेकपामा धेरै मुख्य नेताहरु शंसोधन गर्नुपर्ने पक्षमा देखिएका छन् भने भीम रावल, देव गुरुङ, लीलामणि पोखरेल, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमल कुमार खनाल लगायतका प्रभावशाली नेताहरुले एमसीसीको विरुद्धमा विभिन्न प्रकारका अभियान नै चलाउँदै आएका छन् ।
सरकारसँग जोडिएका विभिन्न मुद्धामा प्रधानमन्त्रीसँग निकट रहेर विश्वास जितेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आज पानी झार्ने सम्भावना रहेको बताइएको छ । ‘अरु कुरामा साथ दिएपनि देशलाई दीर्घकालिन घात हुने कुरामा आँखा चिम्लन सकिँदैन ।’ यो मामिलामा प्रधानमन्त्रीले उच्च नैतिकता कायम गर्नेमा आफू विश्वस्त रहेको कुरा उनले निकटहरुसँग बताएका छन् ।

यदि यो सत्य हो भने प्रधानमन्त्रीले एमसीसीमा थप आग्रह गर्ने छैनन् । शंसोधन गर्न ढिला भएको भन्ने अमेरिकालाई ‘शंसोधन गरिदेउ’ भनेर प्रस्ताव पठाउने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १२:४५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...