३२ जेठ, काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री युसुफ राजा गिलानी कोरोना भाइरसबाट संक्रमित भएका छन । गिलानीमा कोरोना संक्रमण भएको भनेका उनका छोरा कासिम गिलानीले पुष्टि गरेका छन । कासिम गिलानीले ट्वीटर मार्फत सो जानकारी दिएका हुन ।
Thank you Imran Khan’s govt and National Accountibilty Burearu! You have successfully put my father’s life in danger. His COVID-19 result came postive. pic.twitter.com/VxiEXFOkZA
— Kasim Gilani (@KasimGillani) June 13, 2020
पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए ।
पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गरेका छन ।
पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
वि.सं.२०७७ जेठ ३२ आइतवार १२:४० मा प्रकाशित






























