back
CTIZAN AD

महासचिव विप्लव भन्छन्–‘केपी सरकारको निर्णय देशको हितमा एक कदम अगाडि’

वि.सं.२०७७ जेठ ३२ आइतवार

849 

shares

३२ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले केपी ओलीको सरकारले गरेको निर्णय देशको हितमा एक कदम अगाडि बढेको बताएका छन् ।

भारतद्धारा अतिक्रमित भूमि लिपुलेक, लिम्पीयाधुरा र कालापानी समेटेर जारी गरिएको नयाँ नक्शा शनिबार संसको दुई तिहाइ भन्दा बढी मतले सर्वसम्मत पारित भएपछि महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

महासचिव विप्लवले सरकार जनमत र संङ्घर्षको दबाबमा परेर ओली सरकार २०७७ जेठ ३१ गते उक्त भू-भाग समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको बताउँदै तथापि केपी सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम अगाडि बढेको समेत बताएका छन् ।
‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सिमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यि भू–भागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवस्यक छ भन्ने धारण स्पष्ट पार्न चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १२:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...