
३२ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले केपी ओलीको सरकारले गरेको निर्णय देशको हितमा एक कदम अगाडि बढेको बताएका छन् ।
भारतद्धारा अतिक्रमित भूमि लिपुलेक, लिम्पीयाधुरा र कालापानी समेटेर जारी गरिएको नयाँ नक्शा शनिबार संसको दुई तिहाइ भन्दा बढी मतले सर्वसम्मत पारित भएपछि महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
महासचिव विप्लवले सरकार जनमत र संङ्घर्षको दबाबमा परेर ओली सरकार २०७७ जेठ ३१ गते उक्त भू-भाग समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको बताउँदै तथापि केपी सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम अगाडि बढेको समेत बताएका छन् ।
‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सिमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यि भू–भागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवस्यक छ भन्ने धारण स्पष्ट पार्न चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।