
जेष्ठ २६ गते बसेको प्रतिनिधिसभाको बैठकले पश्चिम रुकुमको चौरजहारी सोती घटना छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार नौ सदस्यीय विशेष संसदीय समिति गठन भैसकेको छ । समितिले एक महिनामा प्रतिवेदन पेश गर्नुपर्ने कुरा सुझाईएको छ । घटना भएको १५ दिनपछि गठन भएको सो समितिमा माननीय देवेन्द्र पौडेल (सुनिल) लार्ई संयोजकको जिम्मेवारी दिइएको छ ।
संयोजक पौडेल जनयुद्धको भट्टीबाट खारिएका एक परिपक्व, देश र जनताले आशा भरोसा गर्न लायक कुशल नेता मानिन्छन । उनको कार्यक्षमतामा खोट लगाउने अवस्था अहिलेसम्म देखिएको छैन । जनयुद्धको कठिन परिस्थितिमा समेत पहाड जस्तै अटल नेताका रूपमा पौडेल स्थापित थिए । पार्टीभित्रका अन्तरसंघर्षहरुमा तुलनात्मक रुपले सन्तुलित संस्कार देखाउने ब्यक्तिका रुपमा परिचित थिए उनि ।
हुनत छानबिन समितिका सम्पुर्ण सदस्यहरुको इच्छाशक्ति प्रवल हुन जरुरी छ । कुनै पनि सदस्यबाट थोरै असहयोग भएको खण्डमा छानबिन फितलो हुने पक्का छ । फेरि पनि मुख्य जिम्मेवारीका दृष्टिकोणबाट संयोजकको भूमिकालार्ई विशेष रुपमा हेर्ने गरिन्छ । यो समितिका संयोजक पौडेल बाग्लुङ्ग निवासी हुन् । उनी नेकपाका स्थायी समिति सदस्य, स्कुल विभाग उपप्रमुख एवम् प्रतिनिधिसभा सदस्य हुन् । पौडेलको लामो राजनैतिक इतिहास छ । उनी आमूल परिवर्तनको पक्षमा निरन्तर संघर्षको मैदानमा छन् । संयोजक पौडेल जनयुद्धको भट्टीबाट खारिएका एक परिपक्व, देश र जनताले आशा भरोसा गर्न लायक कुशल नेता मानिन्छन । उनको कार्यक्षमतामा खोट लगाउने अवस्था अहिलेसम्म देखिएको छैन । जनयुद्धको कठिन परिस्थितिमा समेत पहाड जस्तै अटल नेताका रूपमा पौडेल स्थापित थिए । पार्टीभित्रका अन्तरसंघर्षहरुमा तुलनात्मक रुपले सन्तुलित संस्कार देखाउने ब्यक्तिका रुपमा परिचित थिए उनि । शान्ति प्रक्रियामा पनि उनीप्रतिको जनमत राम्रै देखिएको थियो । सरकारमा हुँदा र नहुदा समान रूपमा लोकप्रिय मानिएका पौडेललार्ई यतिबेला गम्भीर जिम्मेवारी प्राप्त भएको छ । एक हिसाबले यो जिम्मेवारी उनको अग्नि परिक्षा पनि हो ।
अन्याय गरे बाउलार्ई पनि वा निकट नातेदारलार्ई पनि कारवाही गर्नुपर्दछ भनेर बिगतमा आफैले उदाहरण दिएका र कारवाहि गराउँदै हिडेका जनार्दनले आफनो मान्यतामा फन्को लगाइहाल्छन भनेर नकरात्मक रुपमा नलिइहालौँ ।
त्यसकारण मानिसहरुमा बिश्वास छ कि रुकुमको चौरजहारी, सोती घटना छानबिन गर्ने मुख्य जिम्मेवारीमा रहेका पौडेलका तर्फबाट आग्रह र पूर्वाग्रहको अवस्था भेटिने छैन । यो उनी प्रतिको जनविश्वास हो की बहुसंख्यक नेपालीको न्यायिक चाहना र भावनाको सम्बोधन गर्न सफल हुनुले नै जनताको विश्वास जित्न सम्भव छ । जनताको विश्वास र पीडितको न्यायको निमित्त पौडेलले लिने अठोट बलियो हुन जरुरी छ । उनले नेतृत्व गर्ने सोती घटनाको छानबिन प्रकृयाले मात्र परिक्षा होइन, उनका सहयात्री टिम, संसद र समस्त न्यायिक प्रक्रियाको सघन जाँच गर्नेछ ।
सत्यको अन्वेषण भन्दै जनयुद्धको नेतृत्व गरेका यी दुवै नेताको सहि अर्थमा साथ पाउनु पनि देवेन्द्र नेतृत्वको समितिलार्ई चुनौती नै छ । तर कुनै हालतमा पीडितलार्ई तथ्यका आधारमा सत्य पत्ता लगाएर न्यायको ढोका उघार्नुपर्ने अभिभारा सहित उनि लाग्नुपर्ने देखिएको छ ।
छानबिनपश्चात प्रस्तुत हुने प्रतिवेदनमा उनको वास्तविकताको ऐना पनि सँगै हुनेछ, जसले पौडेलमा रहेकोे भित्री मनोविज्ञानलार्ई समेत छताछुलल्ल पार्नेछ । छानबिन प्रकृया देखि प्रतिवेदन पेश गर्दासम्म न्यायको पक्षलार्ई जिवित राख्न सक्नुले नै पीडितलार्ई राहत हुन जान्छ भन्ने मान्यतामा नै पौडेलले नेतृत्वको परिक्षा पास गरेको आनन्द अनुभूति गर्न सक्नेछन् । छानबिनमा छलछामलार्ई स्थान दिइएको खण्डमा उनको आफ्नै राजनैतिक भविष्य धरापमा पर्ने खतरापूर्ण अवस्था कायम रहने कुरामा उनी सचेत हुनुपर्ने देखिन्छ । उनले प्राप्त गरेको सोती घटना छानबिन कार्य सोचे जस्तो सजिलो छैन । सोती घटनामा जातीय विभेदलार्ई प्रमुख कारण मानिएको छ । कारण जेसुकै भएता पनि विश्वमै नेपालीको शिर झुकाउने गरि मानव र मानवीयता को हत्या भएको छ । पाशविक र विभत्स तरीकाले गरिएको यो नरसंहारले विश्वकै ध्यानाकर्षण पनि गरेको छ।
घटनामा सम्मीलितहरुले आफ्नो गल्ती आफै स्वीकार्न सकेकोभए छानबिन समितिलार्ई छानबिन कार्य सम्पन्न गर्न कुनै चुनौतीसँग जुध्नु पर्ने थिएन, त्यो सम्भावनाको अन्त्य भैसकेको छ । रुकुम सोती घटनाका दोषीहरुले गल्ती स्वीकार्न आनाकानी गरिरहेको अवस्थालार्ई सामान्य रूपमा लिन सकिदैन । यस्तै हत्याका प्रमाणहरु नष्ट गरिएका कुराहरु प्रचारमा आएका छन् । अत सोती घटनाको सत्यतथ्य उजागर गर्ने सम्भावनाको बलियो पक्षसँगै विविध चुनौतीहरुको सामना गर्नुपर्ने स्थितिलार्ई नजरअन्दाज गरिनु हुँदैन । यसकारण पनि छानबिन प्रकृयामा पौडेल नेतृत्वको समितिले विभिन्न चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । पीडक र पीडित दुवै पक्ष वर्तमानमा नेकपा र विगतमा माओवादीमा आस्थावान भएकाले छानबिनलार्ई प्रशस्त प्रभाव पार्ने अनुमान गरिएका छन् ।
बर्गनिष्ठा र बिचारमा आएको स्खलनलाई यो घटनासँग जोडेर हेरिएको छ भने धार्मिक चिन्तनलाई पनि सोती घटनाको मुख्य कारण भनेर प्रचार गरिएको छ । हिन्दू धर्ममा आधारित वर्ण व्यवस्था नै जातीय उत्पीडनको मुख्य कारण रहेको बुझाई त्यहाँ ब्याप्त छ ।
पार्टीसँग दुवै पक्षले सहयोगको अपेक्षा राख्दै गर्दा अपराधीलार्ई राजनैतिक संरक्षण दिन खोज्ने प्रवृतिसँग पौडेलले ठुलै लडाइँ लड्नुपर्नेछ । यसैगरी नेकपा नेताहरु जनार्दन शर्मा र शक्ति बस्नेतको हस्तक्षेपजन्य लबिंग छानबिन कार्यमा अर्काे भीषण चुनौती हुने आँकलन गरिएको छ । गृह मन्त्रालय समेत सम्हालिसकेका यी दुवै व्यक्ति नेकपाका प्रभावशाली नेतामा पर्दछन् । कुरा यतिमा मात्रै सिमित छैन, यी दुवै नेताको बीचमा सम्बन्ध चिसिएको पनि मेडियाहरुले लेखेका छन् ।
विगतमा चिसिएको सम्बन्धले न्यायको पक्षमा कस्तो भूमिका देखाउला, त्यो भविष्यमा स्पष्ट होला नै । माननीय जनार्दन शर्माले मृतकहरु ज्यान बचाउन भेरी नदीमा हाम फालेको र पौडीन नजानेर मृत्यु हुनसक्ने जस्ता कुरा सदनमा राखेपछि घटनाले राजनैतिक रुप लिन सक्ने शंका बढेको थियो । सोतीमा रहेका जनार्दन शर्माका आफन्तलार्ई बचाउन अपराधको संरक्षण गरिने पो हो कि भन्ने ठूलो जनआशंकालार्ई जनार्दन शर्माको पछिल्लो प्रतिबद्धताले पनि पुरै बिश्वस्त बनाउन नसकेको स्थिति छ । अन्याय गरे बाउलार्ई पनि वा निकट नातेदारलार्ई पनि कारवाही गर्नुपर्दछ भनेर बिगतमा आफैले उदाहरण दिएका र कारवाहि गराउँदै हिडेका जनार्दनले आफनो मान्यतामा फन्को लगाइहाल्छन भनेर नकरात्मक रुपमा नलिइहालांै । अर्काेतिर शक्ति बस्नेतलार्ई पीडित जाजरकोटे जनताका भरोसाका रुपमा प्रचार गरिएको छ । सत्यको अन्वेषण भन्दै जनयुद्धको नेतृत्व गरेका यी दुवै नेताको सहि अर्थमा साथ पाउनु पनि देवेन्द्र नेतृत्वको समितिलार्ई चुनौती नै छ । तर कुनै हालतमा पीडितलार्ई तथ्यका आधारमा सत्य पत्ता लगाएर न्यायको ढोका उघार्नुपर्ने अभिभारा सहित उनि लाग्नुपर्ने देखिएको छ । यसर्थ यी दुवै नेतासहित त्यहाँको मनोबैज्ञानिक सन्तुलनलार्ई ठिक ढंगले लिन पनि पौडेलले पापड बेलाईको मिहिनेत गर्नुपर्ने देखिन्छ ।
चुनौतीसँगै सम्भावना पनि हुन्छ भन्ने कुरासँग परिचित पौडेल र सिङ्गो समितिले सोती घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य पत्ता लगाई जनतालार्ई आश्वस्त पार्न सके नेपालको न्यायीक प्रक्रियामा एउटा युगान्तकारी नजीर बस्न सक्नेछ । निर्वाचित जनप्रतिनिधिको न्यायीक गरीमा स्थापित हुनेछ ।
सरकारको उदासिनतालाई पनि अर्को चुनौतीका रुपमा लिन सकिन्छ । सोतीमा भएको नरसंहारमा आम सर्वसाधारण देखि अन्तर्राष्ट्रियस्तरमा निकै चासो देखियो । दुःखका साथ भन्नुपर्छ नेपाल सरकार अनि सरकारको गृहमन्त्रीको अभिव्यक्तिले पनि सरकारले हल्का लिएको हो की भन्ने ठाउँ राखेको हो । गृहमन्त्री रामबहादुर थापाले अमेरिकीहरूको उदाहरण दिएर निराश पार्ने काम गरेको टिप्पणी पनि यहि बिचमा भएका छन् । सरकारले ढिला गरि छानबिन समिति निर्माण गरिनुले पनि सरकारको उदासीनतालार्ई प्रष्ट्याएको हो । सरकार नै उदासीन भएको अवस्थामा छानबिन कार्य प्रभावित नहोला भन्न सकिन्न । सत्यको निरुपण गर्न पौडेलले आफ्नो भावि पदलाभलार्ई जोखिममा पार्नुपर्ने अवस्था पनि उत्तिकै देखिन्छ ।
बर्गनिष्ठा र बिचारमा आएको स्खलनलाई यो घटनासँग जोडेर हेरिएको छ भने धार्मिक चिन्तनलाई पनि सोती घटनाको मुख्य कारण भनेर प्रचार गरिएको छ । हिन्दू धर्ममा आधारित वर्ण व्यवस्था नै जातीय उत्पीडनको मुख्य कारण रहेको बुझाई त्यहाँ ब्याप्त छ । जस्ले गल्ती गर्छ उसलार्ई कार्वाही गर्ने, सुधार गर्नेमा जोड दिने हो । मान्छेले गल्ती सच्चाउनु राम्रो हो । धर्मलार्ई दोष दिएर काम छैन भन्ने बुझाई पनि उत्तिकै रहेको छ । अब वर्ण व्यवस्थालार्ई अभिशाप ठान्ने र हिन्दू धर्मलार्ई प्रेम गर्नेहरुको बीचमा समानता कायम गर्नुपर्नेछ । यो पक्षमा पनि सामान्य तरिकाले काम गर्ने देखिदैन ।
घटना घटेको लामो समय बितिसकेको छ । यस्तो अवस्थामा छानबिनलार्ई सहयोग गर्ने सक्कली प्रमाणहरु नष्ट हुन सक्छन् । कृतिम प्रमाणहरु जुटाउने र त्यसका आधारमा घटनालार्ई तोडमोड गरि पीडितलार्ई न्याय दिन नसकिने अवस्था रहन गएमा यो छानबिन समितिले आफ्नो औचित्य पुष्टि गर्न सक्ने देखिन्न । परिणाम स्वरूप निर्मला काण्ड र अन्य काण्ड पुनः घटिरहनेछ्न, सोती काण्डहरु दोहोरिइरहने छन् । नेपाल अपराधीहरुको अखडाको रुपमा परिचित हुनु पर्नेछ । माननीय देवेन्द्र पौडेल र छानबिन समितिका सम्पुर्ण सदस्यहरु निकै जिम्मेवार बनेर काम गर्नुभयो भने मात्र उपरोक्त चुनौतीको सामना गर्न सकिनेछ ।
गत जेष्ठ १० गते पश्चिम रुकुमको चौरजहारी सोतीमा नवराज विक र उनका पाँच जना साथीहरूले ज्यान गुमाए । नवराज र सुष्मा मल्ल वीचको अन्तरजातीय प्रेमले पूर्णता पाउन नसक्ने अवस्थालार्ई जबर्जस्त स्वीकार्न पनि सकिन्थ्यो होला । तर उनी र उनका साथी हरूको बाच्न पाउने अधिकारको दुखद् अन्त्यले हामी सबैलार्ई झस्किन बाध्य बनाएको छ । नवराज र उनका साथीहरू को हत्यामा संलग्न अपराधीहरुले उन्मुक्ति पाउनु हुँदैन । चुनौतीसँगै सम्भावना पनि हुन्छ भन्ने कुरासँग परिचित पौडेल र सिङ्गो समितिले सोती घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य पत्ता लगाई जनतालार्ई आश्वस्त पार्न सके नेपालको न्यायीक प्रक्रियामा एउटा युगान्तकारी नजीर बस्न सक्नेछ । निर्वाचित जनप्रतिनिधिको न्यायीक गरीमा स्थापित हुनेछ । चुनौतीका बिचमा नै नेतृत्वको मुल्याङ्कन हुने हो । आशा गरौ माननीयहरुको यो समितिले सबैलाई नयाँ संचार संप्रेषण गर्नेछ ।
(लेखक : शहिद परिवार हुन् ।)