back

पत्रकार महासङ्घको कार्यालयमा तालाबन्दी

वि.सं.२०७३ पुस ११ सोमवार

414 

shares
NTC AD

११ पुस,बाबियाचौर (म्याग्दी) । नेपाल प्रेस युनियन म्याग्दीले आज यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ ।

महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताउनुभयो ।

सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घको साधारण सदस्यताका लागि २७ जनाको आवेदन परेकामा आइतबार बसेको बैठकले १५ जनाको नाम सिफारिस गरेको थियो । योग्य भएकालाई बैठकमा छलफल गरी सदस्यताका लागि सिफारिस गरिएको शाखा अध्यक्ष सुरत केसीले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ११ सोमवार ०९:२६ मा प्रकाशित

ADBL AD
फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...

मुस्ताङमा बढ्न थाल्यो विदेशी पर्यटकको चहलपहल

मुस्ताङमा बढ्न थाल्यो विदेशी पर्यटकको चहलपहल

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि...

पुल बगेपछि तुईन र फड्केले जोडियो तातोपानी नाका

पुल बगेपछि तुईन र फड्केले जोडियो तातोपानी नाका

चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि...