back
CTIZAN AD

वेलायतमा कार दुर्घटनामा परी नेपालीको मृत्यु

वि.सं.२०७३ पुस ११ सोमवार

912 

shares

naran-p-gurung

 वेलायतको अल्डरसटमा कार दुर्घटनामा परेर एक नेपालीको निधन भएको छ ।
२५ डिसेम्बर बिहानको ७ वजे आफूले चलाइरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा गोरखा सैनिक नम्बर २११५८९२६ डब्ल्युओटु नारान प्रसाद गुरुङको मृत्यु भएको हो ।
कामका लागि सर्रे अस्पतालमा गइरहेका बेला भएको दुर्घटनामा  गुरुङकी श्रीमती खुसीमाया गुरुङ घाइते भएकी छन् । उनको सेन्ट जर्ज अस्पताल लन्डनमा उपचार हुँदैछ । उनको करङ र फोक्सोमा चोट लागेको मार्दीखोला समाज युकेका अध्यक्ष हीरामान गुरुङले बताए ।
मार्दी खोला समाज युकेका सक्रिय सदस्य तथा आजीवन सदस्य रहेका ल्वाङघलेल गाविस १ खोरामुख कास्की घर भएका ६० वर्षे गुरुङ छोरा डा. दिनेश गुरुङ र बुहारी दन्त चिकित्सक डा. इला र सासुका साथमा वेलायतमा बस्दै आएका थिए ।
घटना लगत्तै दुर्घटनास्थलमा पुगेको पारामेडिक्सको टोलीले उपचार गर्न नपाइ गुरुङको मृत्यु भएको घोषणा गरेको थियो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०९:२१ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...