
कुमार ‘अविरल’ पन्थी, काठमाडौं । गायक तथा सर्जक पोषण डाँगीको आधुनिक गीति एल्बम ‘भिक्षा’ बजारमा आएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम ‘भिक्षा’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
धेरै गितमा आफ्नो स्वर दिई सकेका आवाजका धनी गायक निरन्तर रुपमा गीत संगीतमा लागि रहेका छन । छोटो समयमा चर्चा कमाउन सफल डाँगी यति बेला आधुनिक गित भिक्षा लिएर चर्चामा छन । सुरज रावलको सब्द मदन डागिको संगीत र गायकको आफ्नै आवज रहेको गितमा संचिता ठकुरी र दिपेस बस्नेत अनि सुरज रावलको अभिनय रहेको छ ।
बिक्रम चौहानले निर्देशन गर्नु भएको गितलाई बासु बरालले छायांकन गरेका छन् । मिलन बि.क.को सम्पादन रहेको गितलाई वसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।
वि.सं.२०७३ पुस ११ सोमवार ०७:४५ मा प्रकाशित