back

पामाकेयर नेपाल्स स्टार मोडल २०१६ को ताज अप्सरा थापा र आशीष मिश्रले चुमे

वि.सं.२०७३ पुस ११ सोमवार

432 

shares
NTC AD

15676113_1289621737727112_7401518132463794259_o-1

काठमाण्डौ । सिद्दी मिडिया प्रालिको आयोजनामा भएको पामाकेयर नेपाल्स स्टार मोडल २०१६ पहिलो संस्करणको प्रतियोगिताको उपाधी अप्सरा थापा र आशीष कुमार मिश्रले जितेका छन् ।
शनिबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अप्सराले ९ जना प्रतिस्पर्धीलाई र आशीषले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएका हुन ।
युवती तर्फकी बिजेता अप्सराले बेस्ट वाल्क तथा फोटोजेनिकको समेत उपाधि हात परेकी थिइन । त्यसैगरी युवा तर्फका विजेता आशीष कुमार मिश्रले बेस्ट वाल्क र मस्ट हैण्डसमको उपाधि हात पार्न सफल भएका थिए ।
त्यसै गरी युवती तर्फमा फस्ट रनर अपमा सबनम चौधरी र सेकेण्ड रनरअपमा अनुपमा घिमिरेले उपाधि हात पारेकी थिइन । त्यस्तै युवती तर्फ भएको बिभिन्न उपाधि अन्तर्गत मस्ट पपुलर र मस्ट ट्यालेन्टेड सबनम चैधरी,मस्ट बिउटीफुल जेसिका धिताल, बेस्ट फिगर र मल्टी मिडिया च्वाइस जीविता लामा, बेस्ट डिसिप्लिन सीतल थारू,बेस्ट स्माइल आशा देबि गिरी, बेस्ट ड्रेस योगिता खत्री, बेस्ट हेयर अनुपमा घिमिरे, बेस्ट स्किन सनम बीसी र बेस्ट एटीट्यूडमा सारिका बोगटी घोषित भए । पामाकेयर नेपाल्स स्टार मोडल २०१६ युवा तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा र मस्ट पपुलरमा बिक्रान्त पौडेल, सेकेण्ड रनर अपमा र बेस्ट ड्रेसमा पवन श्रेष्ठ, बेस्ट फिजिक सिद्दान्त ज्ञावाली, फोटोजेनिक, मस्ट ट्यालेन्टेड र मल्टी मीडिया च्वाइस मोदनाथ पौडेल, बेस्ट डिसिप्लिन रबिन सापकोटा र बेस्ट स्माइलमा दिवस भट्टराई घोषित भए ।
प्रतियोगीको पहिरन नेपाल इंस्टिच्युट अफ फेशन (निफ)का विद्यार्थीहरुले तयार गरेका थिए । कार्यक्रमको विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धिताल र देबी अकौलियाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यबसायी मोडल बनाउन पामाकेयर नेपाल्स स्टार मोडल आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष अमित शाहले बताए ।
यो प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमात्र्री बर्षा राउत, कोरिग्राफर, मोडल आस्विनी झा, संचारकर्मी कलाकार, समाजसेवी राजेन्द्र लुइँटेल, समाजसेवी कृष्णा देबकोटा र फेसन डिजाइनर अमित झा रहेका थिए । पामाकेयर नेपाल्स स्टार मोडल २०१६ को कार्यक्रम संचालन कोरियोग्राफर दिवस धिताल र कार्यक्रमकी संयोजिका सृष्टि आचार्यले गरेका थिए ।

वि.सं.२०७३ पुस ११ सोमवार ०७:४० मा प्रकाशित

ADBL AD
दर्शकहरुको रोजाईमा पर्दै ‘बेहुली फ्रम मेघौली’

दर्शकहरुको रोजाईमा पर्दै ‘बेहुली फ्रम मेघौली’

  तपाई सिनेमाको शोख भएको मानिस नहुन सक्नुहुन्छ । कसैको...

अभिनेता उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

अभिनेता उप्रेतीले गरे हेयर ट्रान्सप्लान्ट

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् ।...

‘पानी रङ्ग’को सहर पोखरामा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

‘पानी रङ्ग’को सहर पोखरामा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

गण्डकी । पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

काठमाडौँ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड...

दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’मा पाँच हजार सुरक्षाकर्मी परिचालित

दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’मा पाँच हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने...

राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै

राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै

काठमाडौँ । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित...