back

इन्दिरा आइन ‘झिलिमिली साझ लिएर

वि.सं.२०७३ पुस ११ सोमवार

291 

shares
NTC AD
Global IME AD

indira-shah-1कुमार ‘अविरल’ पन्थी, काठमाडौ । लोक तथा दोहोरी गायिका इन्दिरा शाहको लोक तथा दोहोरी गीति एल्वम ‘झिलिमिली साझको बेलैमा’ सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम ‘झिलिमिली साझको बेलैमा’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीत क्षेत्रमा बढी माया प्रेम, ठट्यौली पाराका गीतहरुले चर्चा कमाउने गरेका छन । भर्खरै मात्र सार्वजनिक भएको ‘झिलिमिली साझको बेलैमा ’एल्बममा माया प्रेमका कुराहरु समेटिएका छन । एल्वममा विषेशतः प्युठान जिल्लाका विभिन्न प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल मठ मन्दिरहरुको चर्चा गरिएको छ ।

गीतमा हिमालको चिसो हावा स्वर्गद्वारी लेकमा, चिनजानी गरौ आज माया अर्काे भेटमा, झिलिमिली साझको बेलैमा … माछा जस्तै माछी जालमा हामी फसे पछी, छुट्नै गार्हो हुदो रहेछ माया बसेपछि, झिलिमिली साझको बेलैमा …… जस्ता शब्दहरु सजिएका छन ।

‘झिलिमिली साझको बेलैमा’ एल्बममा गायक तथा सर्जक शरद पाण्डेले शब्द सङ्कलन गरेका छन् । पाण्डे यतिबेला रोजगारीको सिलसिलामा प्रदेशमा छन । प्रदेशमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका पाण्डेले विभिन्न विधाका ४ दर्जन भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् ।

त्यस्तै गायिका इन्दिरा शाह यतिबेला यसै एल्बमबाट निकै चर्चामा छिन । नेपाली संगीत क्षेत्रमा निरन्तरता दिदै आएकी गायिका शाहको यो छैठौ एल्बम हो । यसै एल्बमका गायक मेक्सम खाती गीत संगीतमा निरन्तरता दिदै पछिल्लो समय चर्चामा छन् । नेपाली गित संगीतलाई माया गर्ने कलाकारहरु विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली कला सस्कृतिलाई भुल्न सक्दैनन । बेला बखतमा आफ्ना प्रस्तुतीहरु लिएर दर्शक श्रोताहरुको माझमा आइरहेका हुन्छन ।

नरेश खातीको लय रहेको ‘झिलिमिली साझको बेलैमा’ गीतमा मेक्सम खाती र इन्दिरा शाहले स्वर दिएका छन् । बब्बु थापाको निर्देशन तथा नबिन घर्तिमगरको सम्पादन रहेको भिडियोमा बब्बु थापा, करिश्मा, नोर्बु र इन्दिरा शाहले अभिनय गरेका छन । गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन । गितलाई आशिष म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०७:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...