back
CTIZAN AD

इन्दिरा आइन ‘झिलिमिली साझ लिएर

वि.सं.२०७३ पुस ११ सोमवार

1.5K 

shares

indira-shah-1कुमार ‘अविरल’ पन्थी, काठमाडौ । लोक तथा दोहोरी गायिका इन्दिरा शाहको लोक तथा दोहोरी गीति एल्वम ‘झिलिमिली साझको बेलैमा’ सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम ‘झिलिमिली साझको बेलैमा’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीत क्षेत्रमा बढी माया प्रेम, ठट्यौली पाराका गीतहरुले चर्चा कमाउने गरेका छन । भर्खरै मात्र सार्वजनिक भएको ‘झिलिमिली साझको बेलैमा ’एल्बममा माया प्रेमका कुराहरु समेटिएका छन । एल्वममा विषेशतः प्युठान जिल्लाका विभिन्न प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल मठ मन्दिरहरुको चर्चा गरिएको छ ।

गीतमा हिमालको चिसो हावा स्वर्गद्वारी लेकमा, चिनजानी गरौ आज माया अर्काे भेटमा, झिलिमिली साझको बेलैमा … माछा जस्तै माछी जालमा हामी फसे पछी, छुट्नै गार्हो हुदो रहेछ माया बसेपछि, झिलिमिली साझको बेलैमा …… जस्ता शब्दहरु सजिएका छन ।

‘झिलिमिली साझको बेलैमा’ एल्बममा गायक तथा सर्जक शरद पाण्डेले शब्द सङ्कलन गरेका छन् । पाण्डे यतिबेला रोजगारीको सिलसिलामा प्रदेशमा छन । प्रदेशमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका पाण्डेले विभिन्न विधाका ४ दर्जन भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् ।

त्यस्तै गायिका इन्दिरा शाह यतिबेला यसै एल्बमबाट निकै चर्चामा छिन । नेपाली संगीत क्षेत्रमा निरन्तरता दिदै आएकी गायिका शाहको यो छैठौ एल्बम हो । यसै एल्बमका गायक मेक्सम खाती गीत संगीतमा निरन्तरता दिदै पछिल्लो समय चर्चामा छन् । नेपाली गित संगीतलाई माया गर्ने कलाकारहरु विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली कला सस्कृतिलाई भुल्न सक्दैनन । बेला बखतमा आफ्ना प्रस्तुतीहरु लिएर दर्शक श्रोताहरुको माझमा आइरहेका हुन्छन ।

नरेश खातीको लय रहेको ‘झिलिमिली साझको बेलैमा’ गीतमा मेक्सम खाती र इन्दिरा शाहले स्वर दिएका छन् । बब्बु थापाको निर्देशन तथा नबिन घर्तिमगरको सम्पादन रहेको भिडियोमा बब्बु थापा, करिश्मा, नोर्बु र इन्दिरा शाहले अभिनय गरेका छन । गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन । गितलाई आशिष म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०७:३३ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...