
१ असार, काठमाडौँ । नेपाल सरकारले भिषा सेवा सूचारु गर्ने भएको छ ।
नेपाल सरकारको निर्णय अनुसार भन्दै जुन १४ मा नेपाल सरकार गृहमन्त्रालय, अध्यागमन विभागले दिएको एक सार्वजनिक जानकारीमा भिषा लगायतका सेवा सुविधा उपलब्ध गराउने बताएको हो ।
नेपाली मिति २०७७ असार १, अर्थात् १५ जनु २०२० देखि सो सेवा उपलब्ध हुने बताइएको छ । सबै प्रकारका भिषाको लागि आफ्नो परिचयपत्र सहित अनलाइन apply.nepalimmigration.gov.np/visa-processing मार्फत आवेदन दिन सकिने बताइएको छ ।
रिलेसन भिषा नविकरणका लागि नातेदर ल्याउनु नपर्ने बनाइएको छ भने एक्लै आउन, भिडभाड नगर्न, सामाजिक दुरी कायम राख्न, चाहिने डकुमेन्ट पुरा ल्याउन र मास्क लगाउन भनिएको छ ।
विभागले विभान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिने बताउँदै थप जानकारीका लागि ०१–४४३८८६२ मा सम्पर्क गर्न भनेको छ ।