back
CTIZAN AD

बेइजिङको प्रमुख सीफुड र तरकारी बजार बन्द

वि.सं.२०७७ असार १ सोमवार

657 

shares

१ असार, बेइजिङ । कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ विरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।
कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समय (महिनौ) देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् ।

बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले सोमबार पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, “हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।”

“हामीले विदेशबाट आउने कोभिड–१९ का विरामीसँग सचेत बन्नुपर्छ । विदेशबाट चीन आउने व्यक्तिसँग भाइरस पनि आउनसक्ने हुँदा महामारी नियन्त्रण लामोसमयसम्म जटिल तथा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहने देखिएको छ,” उनले भने ।

(रासस/एएनआई)

वि.सं.२०७७ असार १ सोमवार ११:४३ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...