back
CTIZAN AD

चीनद्वारा शैक्षिक क्षेत्रको लगानीमा ८.७४ प्रतिशतको वृद्धि

वि.सं.२०७७ असार १ सोमवार

966 

shares

१ असार, बेइजिङ। चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ ।

सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो ।

चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ’चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा उल्लेख छ ।

प्राप्त जानकारी अनुसार, सन् २०१९मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । अनिवार्य शिक्षामा (छ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालय) लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि हो ।

उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो ।
उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७७ असार १ सोमवार ११:४० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...