
१ असार, काठमाडौं । सोमबार(आज) देखि २ सिफ्टमा सेवा सन्चालन गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
गत बुधबार नेपाल सरकार मन्त्रीपरिषदको बैंठकले सरकारी कार्यालयसंगै बैंक तथा बित्तियसंस्थाहरु पनि २ सिफ्टमा सन्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारले गरेको सोहि निर्णयको आधारमा राष्ट्र बैंकले सबै प्रकारका बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सेवाग्राहीको चापको मुल्याङ्कन गरि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म तथा दिउँसो १ बजे देखि सांँझ ६ बजे वा सबिकै समयमा सेवा प्रदान गर्न बैंक तथ बित्तिय संस्थालाई निर्देशन गरेको छ ।