२ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमणबाट अहिले सम्म ९ हजार ९ सय १२ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ लाख ४० हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार २६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय ४३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ९५ जनाको मृत्यु भएको ।
वि.सं.२०७७ असार २ मंगलवार ०९:०२ मा प्रकाशित






























