back
CTIZAN AD

एनआरएनए युरोप क्षेत्रका समितिमा विवाद, समस्या समाधानमा संघको यस्तो निर्देशन

वि.सं.२०७७ असार २ मंगलवार

789 

shares

२ असार, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोपस्थित विभिन्न राष्ट्रिय समन्वय समितिमा देखिएका समस्या र विवाद सुल्झाउन विभिन्न निर्णय गरिएको छ ।

यी क्षेत्रमा देखिएको विवाद र समस्याका सम्बन्धमा बसेको अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठकले विभिन्न निर्णय गर्दै सोहि मितिदेखि उक्त निर्णयहरु लागु गराउन निर्देशन दिइएको छ ।

माल्टा समितिका पदाधिकारीमाथि लागेको मानव ओसार-पसारको आरोप सम्बन्धमा
निर्णयमा माल्टाका पदाधिकारीहरुमाथि लागेको मानव ओसार-पसारको आरोप सम्बन्धमा माल्टाका सबै पदाधिकारीहरुले राजिनामा दिएको अवस्थामा नयाँ समिति गठनका लागि संघका महासचिव हेमराज शर्मालाई जिम्मा दिइएको छ । साथै आरोपित पदाधिकारीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा संघको अनुसाशन समितिले निर्णय गर्ने बताइएको छ ।

एनसीसी अष्ट्रिया विवाद
त्यस्तै एनसीसी अष्ट्रियामा आएको समस्याका विषयमा समितिले अहिलेसम्म गरेका निलम्बन, बर्खास्ती, कारबाही र स्पष्टीकरणका सबै निर्णयहरु बदर गरी अहिलेसम्म भएका कमि कमजोरीलाई सिंगो कार्यसमितिले आत्मालोचना गर्ने निर्णय गरिएको छ ।

‘परिषद्को बैठकको मिति अध्यक्ष र महासचिवको सहमतिमा तोक्ने । अध्यक्षको निर्देशनमा महासचिवले बैठकको आव्हान गर्ने,’ एनसीसी अष्ट्रियाका सम्बन्धमा गरिएको निर्णयमा भनिएको छ, ‘परिषद्का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले सामाजिक संजालमा संस्थालाई आँच आउने खालका कुनै पनि अभिव्यक्ति नदिने र यसपूर्व पोष्ट गरेका गलत मनशायका सम्पूर्ण सूचनाहरु तुरुन्त हटाउने ।’

एनसीसी इजरायलकी अध्यक्षद्धारा राजिनामा दिइएको सम्बन्धमा
त्यस्तै संघको इजरायल समितिकी अध्यक्ष शान्ति अधिकारीले व्यक्तिगत कारण देखाई राजिनामा दिएको अवस्थामा यस विषयमा क्षेत्रिय संयोजक तथा उपसंयोजकहरुले त्यहाँको बस्तुस्थिति बुझेर दिएको सुझाव अनुसार अधिकारीको निर्णयलाई सम्मान गर्दै रिक्त अध्यक्ष परिपुर्ति गर्ने निर्णय गरिएको छ ।

अध्यक्ष परिपुर्तिका लागि राष्ट्रिय समनव्य परिषद् इजरायलाई जिम्मा दिने निर्णय गरिएको तथा यसको समन्वय गर्न इजरायलबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य विशाल ज्ञवालीलाई जिम्मा दिईको छ ।

 

वि.सं.२०७७ असार २ मंगलवार ०८:५८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...