back
CTIZAN AD

पर्वतको पैञ्यूमा अर्को लफडा, सहकारीमा राजीनामा, क्याम्पसमा खिचातानी

वि.सं.२०७७ असार ३ बुधवार

1.1K 

shares

३ असार, पर्वत । नेपालीमा एउटा उखान छ, ‘कहि नभएको जात्रा हाँडिगाउँमा’ । अहिले उखानको हाँडिगाउँ बनेको छ पर्वतको पैञ्यू गाउँपालिका । यो गाउँपालिकामा नचाहिँदा बखेडा आइरहनु स्वभाविक जस्तै मानिन्छ, तर यो पटक हजम नहुने खालका घटनाक्रम विकसित हुन थालेको छ ।

पर्वतको दक्षिणी भेगमा स्थापित त्रिवेणी बहुउद्धेश्यिय सहकारी संस्थाका सबै कर्मचारीहरुले राजीनामा दिएका छन् । १२ वर्ष देखि लगातार काम गर्दै आएका कर्मचारीहरुले आर्थिक वर्षको अन्त्यमा एक्कासी राजीनामा दिएपछि सहकारीका सयौँ सदस्यहरु चिन्तामा रुमलिएका छन् ।
किन दिए राजीनामा ?

सो सहकारीका व्यवस्थापक कृष्णप्रसाद भूर्तेल, लेखा प्रमुख जीवलाल वस्याल, लेखापाल संजु बस्याल र बजार प्रतिनिधि भावना काफ्ले लगायत सबै कर्मचारीले राजीनामा दिएका छन् । उनीहरुले आफ्नो राजीनामामा १२ वर्ष देखि काम गर्दै आएका कर्मचारीलाई संचालक समितिका अध्यक्षले काम गर्न असहज वातावरण बनाएको तथा विभिन्न आरोप लगाई फसाउन खोजेकोले राजीनामा दिनुु परेको बताएका छन । कर्मचारीहरुले यस अगाडिका सबै लेखा परीक्षण प्रतिवेदन हेरी यो पटकको हिसाब पनि भेला बोलाएर संचालकसमितिको रोहवरमा बुझ्न र कर्मचारीहरुलाई अवकास दिन अनुरोध गरेका छन् ।

को हुन् सहकारीका अध्यक्ष ?
उक्त सहकारीका अध्यक्ष पैञ्यू गाउँपालिकाको वडा नं २ त्रिवेणीका निर्वाचित अध्यक्ष भीमसेन गुरुङ हुन् । स्व. डिकबहादुर गुरुङका छोरीज्वाई र पैञ्यूपालिका उपाध्यक्ष जसमति गुरुङका बैनीज्वाई भीमसेन गुरुङ नेपाली काँग्रेसका स्थानीय नेता समेत हुन् । लामो समयदेखि सहकारीमा रहेका उनले कर्मचारीहरुलाई राजीनामा दिन बाध्य किन पारे भन्ने विषयमा कर्मचारीको राजीनामामा प्रष्ट किटान गरिएको छैन । राजीनामा दिने एक कर्मचारीले संसारन्यूजसँग भने ‘कर्मचारीलाई घरको नोकर जस्तो ठान्ने र जहानीया हुकुमी शासन देखाउने’ गरेका कारण हामी राजिनामा दिन बाध्य भएका छौँ । तर यस सम्बन्धमा सहकारीका अध्यक्ष भीमसेन गुरुङको सम्पर्क स्रोतले भन्यो ‘किसानलाई मल, बीउ समयमा दिन र कर तथा हिसाब किताब पनि प्रष्ट्याउन भनिएको मात्र हो, त्यहाँ अन्यथा केही भएकै होइन, सबैका कमिकमजोरी सुधार्दै सहकारीलाई अगाडि बढाउनै पर्छ ।’

तर सहकारीका एक सदस्यले भने ‘अध्यक्षको हठ र मैमत्त प्रवृत्तिका कारण यस्तो स्थिति आइपुगेको हो । भीमसेनजीमार्फत धेरै ठाउँमा हस्तक्षेप गर्न खोज्ने पालिका उपाध्यक्षको प्रवृत्ति पनि यसमा जोडिएको छ । सहकारीको नेतृत्वले आत्मालोचना गरेपछि कर्मचारीलाई काममा र्फकने वातावरण बन्न सक्छ । समस्याको निकासका लागि पहल लिनैपर्छ ।’

सो सहकारीका व्यवस्थापक कृष्णप्रसाद भूर्तेल वडा अध्यक्ष भिमसेन गुरुङकै टिमबाट निर्वाचित जनप्रतिनिधि समेत भएकोले नेपाली काँग्रेस पैञ्यूले समेत यस विषयमा चासो बढाएको देखिन्छ ।

क्याम्पसमा फेरी राजनीति
यससँगै प्राप्त अर्को समाचार अनुसार हुवास बहुमुखी क्याम्पसको सञ्चालक समितिमा बल्झेको समस्या खिचातानी र दाउपेचमा अझै अड्किएको छ ।

‘शुरुमा मुख्य ३ दलमध्ये अध्यक्षसहित २ सदस्य एउटा पार्टीले र बाकी दुई दलले ४/४ गरी संचालक समिति बनाउने सहमति भएपछि एमाले/माओवादी एकतासँगै काँग्रेसका तर्फबाट एक्लै ८ जना चाहिन्छ भनिएको स्थिति थियो । क्याम्पसका लागि सहमति जुटाउँदै आएका नेकपा नेता मित्रलाल वस्याल र काँग्रेस नेता गिरीराज गौतमको प्रयासले दुवै दलका बीच समझदारी पनि बन्यो । तर , नेपाली काँग्रेसले भने अनुसार गर्दा पनि त्यो सहमति लागू हुन सकेन । काँग्रेसले आफैले गरेको सहमति हुँदैन भन्ने कुरो पालिका उपाध्यक्ष जसमति गुरुङमार्फत नै सम्प्रेषण गर्न खोज्यो । यस्तो डबल स्टाण्र्डलाई नेकपा पक्षबाट विरोध भयो । समस्या मुख्य यहि हो ।’ एक अध्यापकले संसारन्यूजलाई भने ।

यस सम्बन्धमा नेकपाका अध्यक्ष चोकलाल न्यौपानेले संसारन्यूजसँगको प्रतिक्रियामा भने ‘जिम्मेवार मानिसहरु भएको ठाउँमा जिम्मेवार व्यवहार हुनुपर्दछ ।’ तर काँग्रेस सुत्रले भन्यो ‘केही समस्या आएका हुन्, अनिर्णयको बन्दि भइदैन, सल्ट्याएर जाने नै हो ।’

स्मरणीय छ सो क्याम्पसका लागी स्थानीयहरुले निकै ठुलो सहयोग जुटाएका थिए भने अमेरीकामा रहेका राजेन्द्र श्रेष्ठ एक्लैले बिसौ लाख रुपिया सहयोग पठाएका थिए ।

वि.सं.२०७७ असार ३ बुधवार ०९:१० मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...