back
CTIZAN AD

सत्य लुक्दैन, झुठो टिक्दैन

वि.सं.२०७७ असार ३ बुधवार

1.4K 

shares

एकादेशमा एउटा स्वाभिमानी राजा थिए । उनले आफ्नो राज्यमा बिभिन्न सागसब्जी, पशुपालन फलफुल खेति गराएर अर्को राज्यमा निर्यात गरी राज्य कोषमा ठुलो धनराशि जम्मा गर्न सक्षम भएका थिए । जोकोइ बेरोजगारलाई बोलाइ खेतिपाती पशुपालन गर्न राज्य कोषबाट बिना ब्याज ऋण सहयोग गर्थे ।

ती राजाले भर्खरै अर्को एउटा सानो राज्य माथि विजय प्राप्त गरी आफ्नो राज्यमा गाभी फर्केका थिए । उनले विजय प्राप्त गरेको त्यो राज्यमा नागरिक धेरै गरिब र दुखि थिए । खाध्यान्नको अभाब थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन  । सबै अर्को राज्यबाट महँगोमा किनेर लेराउनु पर्दथ्यो । त्यसले गर्दा त्यो देशको राज्यकोष समेत खालि थियो ।  राजाले भर्खर बिजय प्राप्त गरेको त्यो भूभागमा पशुपालन सागसब्जी फलफुल उत्पादन गर्न आफ्नो राज्य  भएका अनुभबी किसानलाई छानेर पठाउने उदेश्यले झ्याली पिटाए । सबै किसानले आ-आफ्नो दक्षता प्रमाणित गर्न आफुले उत्पादन गरेको फलफुल सागसब्जीको नमुना लिएर दरबारमा हाजिर हुन् आउनु …. ।

यो कुरो त्यहाँको एउटा छट्टु नागरिकले पनि थाहा पाएछन् । उसले जसको राम्रो खेतिबारी छ, त्यहाँ त्यहाँ गएर एक दुई एक दुई राम्रो उत्पादन चोर्दै माग्दै घरमा थुपारेर तोकिएको दिन अरुसंगै ऊ पनि ती समान बोकेर दरबारमा हाजिर भयो ।

राजा सबैको उत्पादन हेर्न र किसानको परिचय माग्न अगाडी के बढेका थिए,  त्यहाँ भेला भएका अरु किसानहरु एक अर्कामा कानेखुसि गर्दै मरी मरी हाँस्न थाले । राजा छक्क परे अनि अलमलमा पनि नागरिकहरुको हाँसो रोकिएको थिएन । राजा अगाडी बढेर जिज्ञासा राख्दै सोधे तपाइँहरु किन हास्नु भएको ? के कारण पर्यो होला ? तब किसानहरुले जवाफ दिए । रिसानी माफ होस् सरकार ऊ त्यो अगाडी धेरै थरि फलफुल सागसब्जी बोकेर आउने कुनै काम गर्दैनन त्यो सब केहि हामी सित मागेको त केहि चोरेर थुपारेका हुन् ।

त्यहि भिडमा सबै किसानहरुको पछाडी एक झुम्रे मानिस खालि हात उभिएको देखेर राजाले सोधे तपाइँ को हो नि ? किन खालि हात आउनु भएको ? मेरो आदेश सुन्नु भएको थिएन ? ती मानिस केहि बोल्नै आँटेका थिए कि बाँकी सबै किसानले एकै स्वरमा निबेदन गरे ‘सरकार यो राज्य मा असली किसान हाम्रा पथप्रदर्शक उनै हुन् ।  यिनलाई बिहान उज्यालो भए देखि साँझ झमक्क नहुन्जेल हाम्रा खेत बारीमा आएर हामिलाई खेतिपाती गर्न सिकाउने खेतिको नमुना देखाउन हाम्रो खेतबारीमा काम गर्दैमा फुर्सद हुँदैन । हामीले जे जति पनि उत्पादन गरेका छौ यो सबै यिनैको शिक्षा र सहयोगले गर्दा सम्भब भएको हो ।”

त्यो सुनेर राजाले ती झुम्रे किसानलाई अगाडी बोलाए अँगालो मारे अनि सबैलाई सुनाएर भने ‘देशको लागि यिनी जस्तो इमान्दार र त्यागि नागरिक चाहिन्छ । म नतमस्तक छु तपाइँ प्रति तपाइँ जस्तो नागरिक नहुने हो भने म एक्लैले देश बचाउन कहाँ सक्छु र भन्दै राजाले नयाँ भूभागमा खेतीपाती गर्ने र राजस्व संकलन गर्ने मुख्तियारी दिएर पठाउने निर्णय सुनाए । साथै उनले त्यो छट्टुलाई पनि अगाडी बोलाएर भने यो देशमा सबै तपाइँ जस्तै धुर्त र छट्टु नागरिक भए देश कहाँ पुग्छ ? चलाखी धुर्त्याई मानिसको जीवनको ठुलो कलंक हो । एक पटक म माफ गरी दिन्छु ठगेर खाने बुद्धि अब आइन्दा न् गर्नुस । ल तपाइँ पनि वहा संगै जानुस र हाम्रो नया भूभागमा खेतीपातीमा सहयोग गर्नुस । म मेरो राज्यमा कोइ बेरोजगार धुर्त ठग देख्न सक्दिन । त्यसो भन्दै सबै किसान लाई भोजन खुवाएर उनिहरुले लेराएको उत्पादनको उचित मूल्य बराबर सुन सिक्का दिएर बिदा गरे ।
(NORMS OF STRONG CIVIC SENSE को लागि …..)

वि.सं.२०७७ असार ३ बुधवार ०९:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...