back
CTIZAN AD

बेपत्ताको १८ वर्ष, को थिए विपिन र दिलबहादुर ?

वि.सं.२०७७ असार ३ बुधवार

1.1K 

shares

नयाँ जनवादी व्यवस्थाको लागि क्रान्तिकारी राजनीतिमा आकर्षित हुँदै माओवादी आन्दोलनमा सक्रिय योद्धाहरु ठूलो संख्यामा शहिद भए । सयौँ, बेपत्ता र हजारौँ घाइते भए । जनयुद्धको नेतृत्व गर्ने कतिपयले समाजवाद भन्दै व्यक्तिवाद थोपरिरहेका छन् । आन्दोलन, त्याग, निष्ठा र बलिदानीको अट्टाहास गरिरहेका छन् । निष्ठामा जोडिएका विपिन अधिकारी, दिलबहादुर राई, रामहरि रुपाखेती र कृष्ण बस्नेत लगायतलाई पक्रेर क्रुरतापूर्वक यातना दिई बेपत्ता पारिएको दिन हो, आज । बेपत्तालाई सम्झने फुर्सद छैन नवधनाढ्मा परिणत भएका शासकहरुलाई  । अहिले यहाँसबैको स्मरण र दुई योद्धाको संक्षिप्त कथा प्रस्तुत गरिएको छ ।

को थिए विपिन ?
२०५९ असार ३ गते बिहानै पक्राउ गरी बेपत्ता बनाइएका विपिन भण्डारी वरीष्ठ अधिवक्ता एकराज भण्डारीका एक्ला छोरा थिए । बि.सं २०३६ पौष २३ गते सल्यान जिल्लाको थारमोर गाविस वडा नं ४ बागचौरमा बुबा एकराज भण्डारी र आमा शान्ता भण्डारीबाट जन्मिएका विपिन सानै देखि इमान्दार, प्रतिभाशाली र तेज विद्यार्थी थिए । १४ वर्षको कलिलो उमेरदेखि नै क्रान्तिकारी राजनीतिमा सक्रिय रहेका विपिन बालकुमारी मावि ललितपुरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष हुँदै २०५४ मा सोही संगठनको काठमाडौँ जिल्ला अध्यक्ष बनेका थिए ।

२०५४ मै अस्कल क्याम्पसमा गिरफ्तारीमा परी १ महिना जेल बसेका भण्डारी सोही क्याम्पसको स्ववियुमा सहसचिव निर्वाचितसमेत भएका थिए । अखिल क्रान्तिकारीको १५ औँ राष्ट्रिय सम्मेलनबाट विद्यार्थी केन्द्रीय सदस्य बनेका उनी तत्कालिन माओवादीको काठमाडौँ जिल्ला सचिवालय सदस्यसमेत रहेका थिए । संगठन र पार्टी कार्यको शिलशिलामा खट्ने क्रममा उनी पक्राउ परेका थिए । पक्राउपछि उनी बेपत्ता बनेको आज १८ वर्ष पुरा भएको छ ।

यस्तो छ दिलबहादुरको कथा
२०३१ साल फागुन २८ गते ओखलढुंगाको रुम्जाटार चार्खुमा बुबा उदय राई र आमा उमा राईको कोखबाट जन्मिएका दिलबहादुर राईले तत्कालिन अखिल पाचौँबाट राजनीति थालेका थिए । १३ वर्षमै विद्यार्थी संगठनमा जोडिएका उनी २०४६ को जनआन्दोलनमासमेत सक्रिय रहेका थिए ।

दश कक्षा उत्र्तिण गरेपछि गाउँकै विद्यालयमा केही समय पढाएका उनी २०४९ सालमा काठमाडौँको त्रि–चन्द्र क्याम्पसमा विज्ञान विषयमा आइएस्सी पढ्न पुगेका उनी त्रि–चन्द्र प्राकको अध्यक्ष हुँदै २०५३ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघतर्फ काम गर्न शुरु गरेका थिए । २०५४ मा एमाले÷माले विभाजनपछि उनी मालेतर्फ संगठित भै २०५५ मा प्ररायुसंघको बागमती अञ्चल अध्यक्षसमेत भएका थिए ।

मालेको महत्वपूर्ण जिम्मा रहँदारहँदै उनी माओवादी राजनीतितर्फ आकर्षितभै २०५६ मा अखिल क्रान्तिकारीमार्फत तत्कालिन माओवादीको राजनीतिमा औपचारिक प्रवेश गरेका थिए । २०५८ मा आखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनेका उनी पक्राउ पर्दा नेकपा माओवादीको काठमाडौँ जिल्ला कमिटीको जिम्मेवारीमा रहेका थिए ।

तत्कालिन प्रहरीका सई विजयप्रताप र रुद्रबहादुरको कमाण्डमा रहेको युनीफाइड कमाण्डले पक्राउ गरी बालाजु चौकीमा पु¥याएको र सोह्रखुट्टेमा सारेपछि कडा यातना दिएको समाचार सार्वजनिक भएका थिए ।

वि.सं.२०७७ असार ३ बुधवार ०९:५३ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...