back
CTIZAN AD

चीनसँग युद्धको स्थिति बनेपछि भारतले बोलायो नेपालमा रहेका गोर्खा सैनिकलाई

वि.सं.२०७७ असार ३ बुधवार

1K 

shares

३ असार, काठमाण्डौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दुई देशका सैनिकवीच दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षवीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र बीस सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ ।

यद्यपी दुई देशका सैनिक अधिकारीवीच पछिल्ले अवस्थालाई लिएर वार्ता भइरहेको जानकारी दिईएको छ ।

यसैबीच चीनसँग लद्दाखमा युद्धको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संत्र mमण बढ्नु अघि भारतीय सेनामा कार्यरत गोर्खालीहरु छुट्टी मनाउन नेपाल आएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाईरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको बुधबारको राजधानी दैनिकमा समाचार छ ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्ट अन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरु सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएका नाकामा खटिएका छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि भएको हो । ब्रिटिश सरकारसँग नेपालको कुमाउमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिस शाषकले भारतलाई सत्ता सुम्पिएर जाँखा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरु भारतीय सेनामा कार्यरत छन् । file- photo

वि.सं.२०७७ असार ३ बुधवार १०:४८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...