
३ असार, काठमाण्डौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दुई देशका सैनिकवीच दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षवीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र बीस सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ ।
यद्यपी दुई देशका सैनिक अधिकारीवीच पछिल्ले अवस्थालाई लिएर वार्ता भइरहेको जानकारी दिईएको छ ।
यसैबीच चीनसँग लद्दाखमा युद्धको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संत्र mमण बढ्नु अघि भारतीय सेनामा कार्यरत गोर्खालीहरु छुट्टी मनाउन नेपाल आएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाईरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको बुधबारको राजधानी दैनिकमा समाचार छ ।
भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्ट अन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरु सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएका नाकामा खटिएका छन् ।
भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि भएको हो । ब्रिटिश सरकारसँग नेपालको कुमाउमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिस शाषकले भारतलाई सत्ता सुम्पिएर जाँखा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरु भारतीय सेनामा कार्यरत छन् । file- photo