
३ असार, काठमाडौं । सरकारले अबदेखि अनलाईन सन्चारका माध्यामहरुलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रस्नको जवाफ दिंदै अर्थ, संचार तथा सूचना प्रबिधि मन्त्री डा. यूवराज खतिवडाले यस्तो बताएका हुन ।
अब सरकारी बिज्ञापनहरु छापाको माध्यमबाट मात्र नभएर बिद्युतीय माध्यमबाट पनि प्रकासन गर्ने तयारी सरकारको छ । यसका लागि सरकारले राष्ट्रिय बिज्ञापन बोर्ड गठन गर्ने र त्यहि बोर्डले मापदण्ड बनाएर सबै अनलाईन संचारका माध्यमहरुलाई पनि बिज्ञापन उपलब्ध गराउन तयारी गरेको मन्त्री डा. खतिवडाले जानकारी दिएका छन ।
संचार विज्ञहरुका अनुसार विद्यमान व्यवस्थामा सरकारले केहि पहुँच भएका छापा माध्यमलाई मात्र बिज्ञापन उपलब्ध गराउँदै आएको छ । जसका कारण साना सञ्चार माध्यामले बिज्ञापन नपाएर संचार संस्था नै बन्द गरेर पलायन हुनु पर्ने अबस्था छ । अब भने सरकारले सानो पूँजीबाट संचालनमा रहेका सञ्चार माध्यामहरुलाई पनि संरक्षण गर्ने निति लिएको देखिएको छ भने आफूले खाईपाई आएको सुबिधा खोसिंदा केहि सञ्चार माध्यामहरु सरकारसंग थप रुष्ट हुने जानकारहरुको भनाई छ ।