-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

यी १२ कारणले कोरोनाको जोखिम बन्दैछन् काठमाण्डौं लगायतका सहर



४ असार, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले काठमाण्डौं लगायतका सहरहरु कोरोना भाइरस संक्रमणको जोखिम बन्दै गइरहेको बताएका छन् ।

सरकारले जनजीवन सहज बनाउनका लागि लकडाउन खुकुलो बनाएसँगै बिभिन्न जिल्लाबाट दैनिक हजारौं मानिसहरु चोरीबाटोबाट काठमाण्डौं छिरीरहेको अवस्थामा सहरमा संक्रमणका जोखिम बढ्दै गएको डा. पाण्डेले बताएका छन् ।

काठमाण्डौंमा सडकमा ट्राफिक जाम, जोर बिजोरमा कडाइ नदेखिएको, बजारमा भीडभाड, भौतिक दूरी कायम नगरिएको, अस्पतालमा भीडभाड बढेको, मास्क लगाउँदा सहि तरिका नअपनाएको, चियापसल लगायतमा भिडभाड बढेको लगायतका १२ कारणले सहर कोरोनाको उच्च जोखिममा देखिएको डा. पाण्डेको भनाई छ ।

यस्तो छ डा. पाण्डेले लेखेका जोखिमका १२ कारण
१-माइक्रोबस,टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरीबाटोबाट काठमाडौं आइरहेका छन् । भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ । प्रहरीप्रशाशन आवतजावत ब्यबस्थित गर्न असफल भएको छ ।

२- काठमाडौंका सडकमा ट्राफिक जाम छ । जोरबिजोरमा कुनै कडाइ छैन ।

३-बजारमा कोरोनापूर्वको अवस्था छ । भीडभाड छ । भौतिक दुरी कसैले पनि पालना गरेका छैनन् ।

४-अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन ।

५. अस्पताल वरिपरिका होटेल तथा चियापसलमा मान्छेहरु जोडिएर बसेका छन् ।

६- ९० प्रतिशत व्यक्तिले नाक वा घांटीमुनी मास्क लगाएको देखिन्छ ।

७- टेस्ट नै नगरि घर पठाउने स्वास्थ्य मन्त्रालयको ‘हावादारी’ निर्णयले संक्रमित गाउँगाउँमा पुगेका छन् ।

८- PCR को रिपोर्ट आउन २ हप्ता लाग्न थालेको छ । कोरोना भाइरस RNA भाइरस भएको तथा RNA अत्यन्तै छोंटो समय रहने भएकोले खात लागेका स्याम्पलबाट सहि रिपोर्ट आउने सम्भावना कम छ ।

९- काठमाडौं लगायत जनघनत्व धेरै भएका सहरमा परिक्षणको दर बराबर छैन ।

१०-सरकारले कोरोना नियन्त्रणको भिजनरी रणनीति नबनाउने हो भने काठमाडौं लगायतका सहरमा कोभिड प्रकोप अनियन्त्रित हुने खतरा छ ।

११-भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीलाई अत्यन्तै कष्टकर अवस्था छ । उहाँहरुलाई न परीक्षण, न राम्रो क्वारेन्टाइन न सुरक्षित रुपमा थातथलो पठाउने ब्यबस्था छ ।

१२-कार्य सम्पादनमा असक्षम देखिएका मन्त्रीलाई आराम गर्ने सुबिधा दिएर एबम काम गर्न सक्ने इमान्दार तथा सक्षम व्यक्तिको टिम बनाएर काम नगर्ने हो भने हामी कोहि पनि सुरक्षित हुने छैनौं ।

यो संकटलाई सुरक्षितरूपमा अवतरण गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । अन्यथा यी खेलाडीहरु खलपात्रको रुपमा स्थापित हुने डर छ ।

‘खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने यी २० उपाय’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको