back
CTIZAN AD

कोरोनाको कहरमा व्यवसायः ग्राहकलाई आकर्षक गर्न एक कम्पनीले ल्यायो यस्तो अफर

वि.सं.२०७७ असार ४ बिहीवार

732 

shares

४ असार, काठमाण्डौं । विश्वव्यापी कोरोनाका कारण थला परेको व्यापार व्यवसाय विस्तारै चल्न थालेका छन् । झण्डै ७ महिनादेखि विश्वव्यापी रुपमा आक्रान्त फैलाएको कोरोना भाइरसलाई अव भने जनजीवन सहज बनाउनका लागि ‘कोरोनासँग सँगसँगै ‘लिभिङ’ को नीति अपनाउन थालिएको छ ।

युरोप अमेरिकातिर विभिन्न व्यवसायले विस्तारै गति लिँदैछन् त्यहाँका मानिसहरु लामो समयको लकडाउन पश्चात जीवन सहज बनाउनतिर लाग्दैछन् । तर, एसियाका बंगलादेश, पाकिस्तान, भारत नेपाल लगायतका देशमा भने कोरोनाको महामारीकै बीच जनजीवन सहज बनाउनुपर्ने भन्दै लकडाउनलाई विस्तारै खुकुलो बनाइएको छ ।

यतिबेला आफ्ना व्यवसायलाई अगाडि बढाउन व्यापारीहरुले विभिन्न रणनीति अपनाउँदै छन् ।

भारतको गुजरातमा साडी व्यापारीहरुले आफ्नो व्यवसाय बढाउन तथा ग्राहकलाई आकर्षक गर्नका लागि साडीको प्याकेटभित्र कोरोना प्रतिरोधी क्षमता भएका खाद्यवस्तु राखेर पठाउन थालिएको छ । सुरतमा रहेको एक साडी कम्पनीले यस्तो स्कीम ल्याएको हो । उक्त कम्पनीले साडीको प्याकेटभित्र, मास्क, आर्युर्वेदिक औषधिलगायतका कोरोना संक्रमणबाट बच्न सकिने ४ प्रकारका वस्तुहरु राखेर देशका विभिन्न सहरका होलसेल व्यापारीलाई पठाउन थालेका हो । साथै उक्त साडीको प्याकिङ कभरमै कोरोना संक्रमणबाट कसरी आफू, परिवार र समाजलाई बचाउन सकिन्छ भन्ने चेतनामुलक पर्चा, पम्प्लेटहरु पनि राखेर पठाउन थालिएको छ ।

बुधबारदेखि उक्त स्कीम ल्याएको कम्पनीले देशभरका विभिन्न राज्यमा रहेका आफ्ना व्यापारीहरुलाई पठाउनका लागि २ लाख भन्दा बढी साडी तयार गरेर पठाउन लागेको बताएको छ । कम्पनीले कोरोनाको कहरकाबीच आफ्नो व्यवसाय वृद्धि गर्नुका साथै सामाजिक दायित्व समेत पूरा हुने भन्दै यस्तो सुरुवात गरेको जनाएको छ । यसले अन्य विभिन्न व्यवसाय संचालन गर्नेहरुलाई आफ्ना उपभोक्ताको स्वास्थ्य हितका लागि काम गर्न प्रेरित गर्ने बताईको छ ।

वि.सं.२०७७ असार ४ बिहीवार १२:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...