
५ असार, काठमाण्डौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २२१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ ।
सीमा सुक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा पुर्याउने लक्ष्य रहेकामा तत्कालका लागि २ सय २१ पुर्याउने गरी काम सुरु गरिएको गृहमन्त्रालयले जनाएको शुक्रबारको राजधानी दैनिकमा समाचार छ ।
यसअघि १ सय ७ स्थायी बीओपी रहेकामा १४१ थप गरी २२१ पुर्याइने लक्ष्य लिइएको हो । गृहमन्त्री राम बहादुर थापाले बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा उठेका विषयका सम्बन्धमा जवाफ दिने क्रममा स्थायी बीओपी २२१ पुर्याइने गरी काम सुरु भएको जानकारी दिएका छन् ।
बुधबारसम्म दार्चुला जिल्लाको छांगरु र हुम्लाको हिल्सा समेत गरी १२९ स्थानमा बीओपी स्थापना भइसकेकेको पनि गृहमन्त्री थापाले भनेका छन् ।