५ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज अपरान्ह् हुने भनिएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी बारे आपत्ति जनाएका छन् ।
कान्तिपुर दैनिकमा प्रकाशित यसबारेको समाचारलाई लिएर अध्यक्ष थापाले गोष्ठिलाई आपत्तिजनक र नवऔपनिवेशिक अभ्यास भएको भन्दै ‘Stop this nonsense’ भनेका छन् ।
‘अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?’ भन्ने उनले प्रश्न गरेका छन् ।
आपत्तिजनक नवऔपनिवेशिक अभ्यास
अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला?के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो?
Stop this nonsense https://t.co/guVIGiNw07— Kamal Thapa (@KTnepal) June 19, 2020
कान्तिपुरका अनुसार सीपीसी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टीका उच्च पदाधिकारीहबीचको गोष्ठि आज अपरान्ह ४ बजेतिर भिडियो कन्फरेन्समार्फत हुने जनाइएको छ । बेइजिङबाट यो कार्यशाला सञ्चालन गर्न लागिएको छ।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
भिडियो अन्तक्र्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ ।
यसअघि गतवर्ष असोजमा पनि दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो ।
वि.सं.२०७७ असार ५ शुक्रवार ०९:११ मा प्रकाशित






























