back
CTIZAN AD

रिर्पोट नआउँदै घर पठाइएका ५८ जनामा कोरोना संक्रमण देखिएपछि पालिकाभरी नै सन्त्रास

वि.सं.२०७७ असार ५ शुक्रवार

849 

shares

५ असार, डडेल्धुरा । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाईएका ५८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
डडेल्धुरा गन्यपधुरा गाउँपालिकाले क्वारेन्टिनबाट घर पठाएकामध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाव संकलन गरी एक साता अघि घर पठाएको थियो । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाइएका सोहि गाउँपालिकाका ५८ जनाको रिर्पोट विहिबार पोजेटिभ आएपछि गाउँपालिकाभरी नै सन्त्रास फैलिएको शुक्रबारको राजधानी दैनिकमा समाचार छ ।

क्वारेन्टिनमा राखिएको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिर्पोट ढिला भएकाले क्वारेन्टिनबाट घर पठाइएको गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख वाशुदेव न्यौपानेले बताएका छन् । उनले भने, ‘रिर्पोट आउन ढिला भयो कुनै व्यक्तिमा पनि लक्षण देखिएको थिएन त्यसैले हामीले घर पठाएका हौ ।’
डडेल्धुरामा बिहिबार मात्रै ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

 

वि.सं.२०७७ असार ५ शुक्रवार ०९:१६ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...