५ असार, काठमाडौँ । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रमाणिकरण भएको नेपालको संविधान (दोस्रो संशोधन) २०७७ नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
नेपाल राजपत्र खण्ड ७० असार ४ गते २०७७ साल अतिरिक्ताङ्क ११ मा भाग १ को शिर्षक अन्तर्गत नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा प्रकाशित भएको हो ।
‘संघीय संसदले जारी गरेको तल लेखिए बमोजिमको नेपालको संविधान (दोस्रो संसोधन), २०७७ सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ’, नेपाल राजपत्रको प्रस्तावनामा भनिएको छ ‘नेपालको संविधानलाई संसोधन गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो संसोधन जारी गरेको छ ।’
नेपाल राजपत्रमा प्रकाशित भएसँगै संघीय संसदले जारी गरेको नेपालको नयाँ नक्सा कार्यान्वयनमा आएको छ । नेपालको नयाँ नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर रहेको छ ।
वि.सं.२०७७ असार ५ शुक्रवार ०९:३९ मा प्रकाशित






























