back
CTIZAN AD

पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि इमरजेन्सीबाहेक सबै सेवा बन्द

वि.सं.२०७७ असार ५ शुक्रवार

720 

shares

५ असार, काठमाण्डौं ।जिल्ला अस्पताल पर्वतमा कोरोना संक्रमितको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालका इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिडेण्डेन्ट डा. शिसिर देवकोटाले उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको श्वाव परीक्षणमा शुक्रबार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

पर्वतमा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बिहिबार ८ जना निको भएर घर फर्किएका छन् भने अन्यको अवस्था सामान्य रहेको डा शिशिर देवकोटाले बताए । संक्रमण पुष्टि भएकामा अस्पतालका स्वास्थ्यकर्मी बाहेक अन्य सबैजना भारतबाट आएकाहरुमा संक्रमण देखिएको हो ।

वि.सं.२०७७ असार ५ शुक्रवार ०९:५३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...