
५ असार, काठमाण्डौं ।जिल्ला अस्पताल पर्वतमा कोरोना संक्रमितको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालका इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिडेण्डेन्ट डा. शिसिर देवकोटाले उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको संसारन्युजलाई जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको श्वाव परीक्षणमा शुक्रबार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
पर्वतमा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बिहिबार ८ जना निको भएर घर फर्किएका छन् भने अन्यको अवस्था सामान्य रहेको डा शिशिर देवकोटाले बताए । संक्रमण पुष्टि भएकामा अस्पतालका स्वास्थ्यकर्मी बाहेक अन्य सबैजना भारतबाट आएकाहरुमा संक्रमण देखिएको हो ।