
५ असार, काठमाडौँ । म्याच फिक्सिंगको आरोपमा ७ वर्षको लागि क्रिकेट खेलबाट प्रतिबन्ध लगाइएका एस.श्रीसंत फेरी पनि क्रिकेट खेलमा फर्कने भएका छन ।
२०१३ को आईपिएलको क्रममा म्याच फिक्सिंगको आरोपमा श्रीसंतलाई बिसीसीआईले ७ बर्षको प्रतिबन्ध लगाएको थियो । उनलाई बिसीसीआईले लगाएको प्रतिबन्ध यहि सेप्टेम्बरमा समाप्त हुनेछ । प्रतिबन्ध सकिएपछि उनले रणजी ट्रेफी खेल्ने लगभग निक्षत भएको छ ।
केरेला रणजी टिमका कोच टीनु योहननले श्रीसंतसँग कुराकानी गरेर उनलाई टिममा सामिल गर्ने निणर्य लिएका छन । उनलाई टिममा पर्नको लागि आफ्नो फिटनेस टेस्ट भने दिनुपर्ने छ ।
श्रीसंतले भारतका लागि टेस्ट क्रिकेटमा ८७ विकेट लिएका छन भने एकदिवसीय क्रिकेट ७५ विकेट लिएका छन । उनी २००७ को टि-२० वल्ड कपको विजेता र २०११ को विश्वकप विजेता टिम भारतको एक महत्वपुर्ण खेलाडी समेत रहेका थिए ।