back
CTIZAN AD

एनआरएनएको अफ्रिका क्षेत्रको क्षेत्रीय महिला बैठक सम्पन्न

वि.सं.२०७७ असार ५ शुक्रवार

759 

shares

५ असार, अफ्रिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रका महिला संयोजकहरुको प्रथम बैठक आइतबार (जुन १४) जुम मार्फत सम्पन्न गरिएको छ ।

एनआरएनए अफ्रिका क्षेत्रको क्षेत्रीय महिला संयोजक मन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा एनआरएनए आइसीसी उपाध्यक्ष रविना थापा र महिला संयोजक भोमा लिम्बुको बिशेष उपस्थित रहेको थियो ।

बैठकका सहभागीहरुमा नाइजेरियाबाट निकि गुप्ता र अन्जु पौडेल, युगाण्डाबाट तारा गिरी र बर्षा क्षेत्री, केन्याबाट कुमारी क्षेत्री, घानाबाट संजना गौतम मगर र मोजाम्बिकबाट शारदा पौडेल रायको उपस्थिति रहेको थियो ।

बैठकमा अफ्रिकाका विभिन्न देशका संयोजकहरुले एनआरएन महिलाहरुको अबस्था र एनसीसीहरुले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै आकर्षक रोजगारीको प्रलोभनमा मानब तस्करको चंगुलमा परेर अफ्रिकासम्म आइपुगेका नेपाली महिलाहरुले भोग्नुपरेको समस्याका बारेमा पनि बैठकमा छलपल र चर्चा गरिएको थियो ।

रोजगारीका लागि साउथ अफ्रिका पुगेका नेपाली महिलाहरुले कोभिड १९ को बन्दाबन्दीका कारण भोगिरहेको समस्याका बारेमा समेत छलपल गरिएको बताइएको छ ।

बैठकमा संघकी केन्द्रीय उपाध्यक्ष रबिना थापाले एनआरएनए आइसीसीले महिलाहरुका लागि गरिरहेका कार्यक्रमहरुका बारेमा जाननकारी दिएकी थिइन् भने, महिला संयोजक भुमा लिम्बुले अफ्रिकामा अप्ठ्यारो परेका महिलाहरुलाई आबश्यक सहयोग गर्न अनुरोध गर्न अनुरोध गरेकी थिइन् ।

बैठकले अफ्रिका क्षेत्रका महिलाहरुको नियमित बैठक गर्ने, कोभिडका कारणले अप्ठ्यारोमा परेका महिलाहरुका लागि सहयोग गर्ने र महिलाहरुको छुट्टै कोष निर्माण गरि नेपालमा महिलालाई शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग पुर्याउने निर्णय गरेको थियो । अफ्रिका क्षेत्रिय संयोजक मन थापाले बताएकी छन् ।

वि.सं.२०७७ असार ५ शुक्रवार ११:१४ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...