५ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गईरहेको छ । ४५ लाख भन्दा बढिले अहिलेसम्म कोरोना भाइरसलाई पराजित गरिसकेका छन ।
वल्डोमिटरका अनुसार ४५ लाख ३२ हजार ५ सय ८० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।
बिहिबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ८ सय ४५ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ लाख ८३ हजार ९ सय २६ रहेको छ भने संक्रमणबाट ४ लाख ५६ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार ५ शुक्रवार ११:२६ मा प्रकाशित






























