Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेसका १३१ भाइद्वारा देउवाको ध्यानाकर्षण



५ असार, काठमाडौँ । विदेशमा रहेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले आफूहरुलाई पनि काँग्रेस बन्ने वातावरण मिलाइदिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन् ।

नेपाल हुँदा नेपाली काँग्रेसको विभिन्न तहमा क्रियाशिल रहेका र विदेश रहँदा नेपाली जनसम्पर्क समितिको नेतृत्वमा रहेर काम गरेका ३३ देशमा रहेका १३१ जना अगुवाहरुले नेपाली काँग्रेसको पछिल्लो विधानप्रति ध्यानाकर्षण गराउँदै विदेशमा रहेका ७० लाख नेपालीबाट पनि नेपाली काँग्रेसमा प्रतिनिधित्वको व्यवस्था माग गरेका हुन् ।

नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिन, नविकरण गर्न तथा महाधिवेशनमा भाग लिन अनिवार्य नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने बाध्यता संसोधन गर्दै विदेशबाट कम्तिमा १ जना केन्द्रीय सदस्य सुनिश्चित गर्न पनि अनुरोध गरेका छन् ।

यस्तो माग गर्नेहरुमा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य बालकृष्ण पाण्डे(भारत) र आनन्द विष्ट(अमेरिका) रहेका छन् । त्यस्तै युवराज गुरुङ(बेलायत), कृष्ण गिरी(अष्ट्रेलिया), विनोद घिमिरे(पोचुगल), प्रेमजंग गुरुङ(नेदरल्याण्ड), बुद्धिप्रकाश ओली(क्यानडा), लेखबहादुर गुरुङ(मकाउ), भवानी तिमिल्सिना(युएई), जितेन्द्र शाही (नर्वे), रोशन केसी(जापान), आस्था विन्दु मल्ल(कोरिया), सुदर्शन थापा(मकाउ), दिलबहादुर गुरुङ(जर्मनी), पूर्ण हमाल(पोर्चुगल), कुल आचार्य(बेलायत), खगेन्द्र जिसी(अमेरिका), जानकी गुरुङ(बेल्जियम), एकराज गिरी(स्पेन), हिक्मत थापा(अफ्रिका),राम थापा (बेल्जियम), गंगाधर गौतम(बेल्जियम), नरेन्द्र भाट(कतार), नविन थपलिया(स्विडेन), शुधिर राना(फ्रान्स), सीता अर्याल(साइप्रस), बुद्धि घिमिरे(न्युजिल्याण्ड), राजन चापागाई(इटाली, शंकर न्यौपाने(कतार), विरेन्द्र सिंह कार्की(डेनमार्क), राजनकुमार जमरकट्टेल(चीन), काबा लक्ष्मी सापकोटा(आयरल्याण्ड), सन्देश केसी(माल्टा), बालकृष्ण सापकोटा(लक्जमबर्ग), धु्रवराज पौडेल(बेल्जियम), नारायण सुवेदी(जापान), गिरिराज कुँवर(कोरिया),प्रेम सापकोटा(अष्ट्रेलिया), बिमल सुवेदी(कतार), नारायण आचार्य(नेदरल्याण्ड), कुलप्रसाद गुरुङ(हङकङ), नविन पौडेल(डेनमार्क), लक्ष्मी सापकोटा(पोर्चुगल), सन्तोष घले (हङकङ), रामचन्दै पाठक(डेनमार्क), राम महतो(स्विटर्जरल्याण्ड), पुष्पराज भण्डारी(स्पेन), विनोद मोक्तान(बेलायत), त्रिलोचन सापकोटा(डेनमार्क), खेमराज बस्नेत(युएई),वसन्त श्रीनेत (हङकङ), लोकबहादुर गुरुङ(बेलायत), शरण केसी (जर्मनी), सालिकराम डुम्रे(स्पेन), जगत शाह (हङकङ), प्रविन शाही(नर्वे), निर्मल अर्याल(फ्रान्स), रामजीवि पन्त(इटाली), बलराम श्रेष्ठ (जापान), यमलाल सुवेदी(डेनमार्क), विजय मोक्तान(जर्मनी)रहेका छन् ।

त्यस्तै सुकराज न्यौपाने(आयरल्याण्ड), शशी पौडेल(नेदरल्याण्ड), विश्व पण्डित(बेलायत), हरिबोल भण्डारी(अमेरिका), विज्ञान प्रसाई(बेलायत), वेदप्रसाद खरेल(अमेरिका), महेश श्रेष्ठ(जापान), चिरिन्जीवी थापा(जापान), सुभास गुरुङ(बेल्जियम), सालिकराम गौतम(नेदरल्याण्ड), हेमराज भट्ट(अमेरिका), कमल पन्थी(बेल्जियम), सुभाष लोहनी(जापान), विष्णु रिजाल(स्पेन), बलिराम झा(बेल्जियम), निल थपलिया(अष्ट्रेलिया), चिजकुमार तामाङ(पोर्चुगल), शुसिल शर्मा(पोर्चुगल), भानु सापकोटा(पोर्चुगल), शंकर डाँगी(जर्मनी), जितु उपाध्याय(कोरिया), विनोद थापा(मलेसिया), अर्जुन काफ्ले(स्पेन), जितेन्द्र महतो(कोरिया), काजी गुरुङ(हङकङ), टंक लम्साल(जर्मनी), धर्म श्रेष्ठ(अमेरिका), बुद्धि सापकोटा(डेनमार्क), कमल गौतम(मलेसिया), महेश दाहाल(बेलायत), उल्का घिमिरे(बेल्जियम), केशव बराल(अमेरिका), सोम सापकोटा(माल्टा), जीवन कुँवर(अष्ट्रिया), दिपीका भुसाल(इजरायल), भवानी तिवारी(अष्ट्रिया), अनु थापा(इजरायल), दिनेश भण्डारी(बेल्जियम), नारायण चालिसे(पोल्याण्ड), चेतप्रसाद पौडेल(अमेरिका), चन्दै अधिकारी(क्यानडा), सुरेश गुरुङ(अष्ट्रेलिया), नारायण गुरुङ(लम्जम्बर्ग), इन्द्रराज अधिकारी(भारत), गौतम दाहाल(अमेरिका), बिमला भट्ट(इटाली), आर.के त्रिपाठी(बेलायत), हरि खत्री(लक्जम्बर्ग), शैलेन्दै अधिकारी ‘शैलु’, रोहित खड्का(अष्ट्रेलिया), गणेश खड्का(सेसल्स), कृष्णदक्त भट्ट(केन्या), मन थापा(नाइजेरिया), सुरेन्द्र प्रधान (जर्मनी) र विजन भट्ट(बेलायत) रहेका छन् ।

यसरी माग गर्नेहरुमा नेपाली जनसम्पर्क समितिका सभापति, पूर्वसभापति, महाधिवेशन सदस्यहरु÷ महाधिवेशन प्रतिनिधिहरु र पदाधिकारी तथा अन्य नेतृत्वपंक्ति रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा