back
CTIZAN AD

लकडाउनमा कडाई, विवाह, ब्रतबन्ध लगायतका कार्यमा १५ जनाभन्दा बढी भेला हुन नपाउने

वि.सं.२०७७ असार ५ शुक्रवार

756 

shares

५ असार, काठमाडौं । सरकारले बन्दाबन्दी(लकडाउन) क्रमशः खुकुलो बनाउँदै गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै थप सर्तकता अपनाउन आग्रह गरेको छ ।

गृहमन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ मार्फत स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाएर आफ्नो नियमित काम कारबाही सञ्चालन गर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

कोभिड १९ संक्रमणको जोखिम कायम नै रहेको मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक काम बाहेक आफू रहेको आवास/कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्ने नगराउने, न्यूनतम दुई मिटरको सामाजिक दुरी कायम गर्ने, बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने र स्यानिटाइजर साथमा राख्न आग्रह गरिएको छ ।

त्यस्तै, अत्यावश्यक कामबाहेक राति दश बजेदेखि बिहान पाँच बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । साथै, आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने जनाएको छ ।

यसका साथै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्नैपर्ने अवस्थामा तोकिएको सामाजिक दूरी सुनिश्चित कायम गर्न र यस प्रकारको जमघटहरुमा १५ जना भन्दा बढी भेला हुन नपाइने बताइएको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ ।

गृहका अनुसार मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सहचालक बाहेक अन्य कुनै पनि यात्रुहरुको ओसारपसार गर्न पाइने छैन ।

वि.सं.२०७७ असार ५ शुक्रवार २१:१० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...