७ असार, काठमाण्डौं । कोरोना महामारीबाट प्रभावित बनेका कतारका नेपाली मध्ये आज पहिलो चरणमा १४९ नेपाल देश फर्किएका छन् ।
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट १४९ जना नेपालीहरु आइतबार बिहान नेपाल फर्किएको नेपाली दूतावास कतारले जनाएको छ ।
दूतावासका अनुसार उनीहरुमा २९ जना सुत्केरीसहित ८२ जना महिला, ३ जना नाबालकर ६४ जना पुरुष रहेका छन् ।
नेपाली दूतावसाको समन्वयमा नेपाल फर्किन लागेका उनीहरुलाई एयरपोर्टबाट राजदूत डा. नारदनाथ भारद्धाज तथा दूतावासका कर्मचारीहरुले विदाई गरेका थिए ।

वि.सं.२०७७ असार ७ आइतवार ०८:१७ मा प्रकाशित






























