back
CTIZAN AD

आजको सूर्य ग्रहण, यस्को प्रभावबारे ज्योतिषी यसो भन्छन्

वि.सं.२०७७ असार ७ आइतवार

897 

shares

७ असार, काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । विहान १०ः५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको हुनेछ ।

यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा यो ग्रहणको बारेमा एक भिडियो अपलोड गरेका छन् । सो युट्युबमार्फत बेलाबेलामा ज्योतिषीय इन्फर्मेशन दिने गरेका सुवेदीले यस पटक लाग्दै गरेको ग्रहण अन्य ग्रहण भन्दा फरक रहेको बताएका छन् ।

२०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोरोनाको महामारी खेप्न परेको उनको भनाई छ । पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह बक्र छन् । यसै पनि कोरोनाको कारण विश्वभर आर्थिक मन्दि भइरहेको बेला बक्र ग्रहले त्यसलाई झन बढाउने खतरा हुने उनको भनाई छ ।

यो ग्रहण पछि कोरोनाको महामारी क्रमशः कम हुँदै जाने ज्यो. सुवेदीको भनाई रहेको छ । नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिने यो ग्रहण मृर्गशिरा एवं आद्र्रा नक्षत्र र मिथुन राशिमा लाग्ने भएकोले मिथुन राशिका व्यक्तिलाई बढी असर कारक हुने सुवेदीको भनाइ छ ।

मेष राशिको लागि व्यक्तिगत रुपमा फाइदाजनक हुने, श्रीवृद्धि हुने, वृष राशिको लागि क्षतिकर हुने, लेनदेन आदि कारोबारमा सावधानी अप्नाउनु पर्ने । मिथुन राशिको लागि अल्लि बढी कष्टकर अथवा घातप्रद हुने, कर्कट राशिको लागि ग्रहणको फल व्ययकर अर्थात खर्चप्रद रहने, सिंह राशिको लागि भने यो ग्रहणको फल लाभकर हुने उनको भनाई छ । यसै गरी कन्या राशिको लागि सुखप्रद, मानप्रतिष्ठा, कामकार्यमा उन्नतिप्रगति हुने, तुला राशिको लागि मान नाश हुने, जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुने भनिएको छ । वृश्चिक राशिको लागि स्वास्थ्यमा कष्ट पर्नसक्ने, आहारविहार आदिमा ध्यान पुर्याउनु पर्ने बताइएको छ । धनु राशिको लागि श्रीमान श्रीमती तथा प्रेमि प्रेमिकाबीच द्वन्द पर्नसक्ने, व्यापार कारोबार र यात्रामा पनि ख्याल पुर्याउनु पर्नेछ । यसै गरी मकर राशिको लागि सुख एवं आरोग्यवर्धक रहने, कुम्भ राशिको लागि चिन्ता बढाउने संभावना, विद्यार्थीहरुले अध्ययनमा बढी प्रयत्न गर्नुपर्ने, मीन राशिको लागि यो ग्रहणको फल रोगव्याधिप्रद रहने र खानपान आदिमा ध्यान दिनुपर्ने सुवेदीको ज्योतिषीय विश्लेषण छ ।

ग्रहणको बारेमा थप जानकारी सुवेदीले बताएको यो भिडियोबाट लिनसक्नु हुनेछ :

वि.सं.२०७७ असार ७ आइतवार ०८:२४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...