
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नागरिकता नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रस्तावप्रति फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार भएको छलफलमा कांग्रेसले नोट अफ डिसेन्ट राखेको हो ।
संसदीय समितिमा भएको छलफलमा कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् ।
यसअअघि आइतबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले नागरिकता ऐनमा प्रस्तावित प्रावधान असंवैधानिक रहेको भन्दै नमान्ने निर्णय गरेको थियो । कांग्रेसले अन्तरिम संविधान जारी भएको र त्यसकै आधारमा नागरिकता ऐन २०६३ आएको पृष्ठभूमि उल्लेख गर्दै लैगिंक विभेद बढाएर सामाजिक रुपमा द्वन्द्व बढाउने काम नगर्न सत्तारुढ दललाई आग्रह समेत गरेको छ ।
अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ ।
यस्तो छ नोट अफ डिसेन्ट