back
CTIZAN AD

एमसीसीविरुद्ध सशक्त संघर्ष घोषणा, आज ४ बजे न्युरोडमा प्रदर्शन हुँदै

वि.सं.२०७७ असार ८ सोमवार

765 

shares

८ असार, काठमाण्डौ । एमसीसी विरुद्ध संयुक्त संघर्ष समिति नेपालले एमसिसि विरुद्धको आन्दोलन शसक्त पार्ने जनाएको छ । एमसिसि विरुद्धको संघर्ष केन्द्रिकृत पार्ने क्रममा आज ४ बजे न्युरोडको जुद्धशालिकमा प्रदर्शन हुने जनाइएको छ ।

नेकपा नेता तथा एमसिसि विरोधि आन्दोलनका अगुवा नारायणप्रसाद शर्माका अनुसार सो अभियानका उपलब्ध अभियन्ताहरु र एमसिसि विरुद्ध संघर्षरत अन्य विभिन्न राजनीतिक र सामाजिक, सांस्कृतिक संघसंस्था र व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थितिमा आइतबार भएको संयुक्त बैठकले वरिष्ठ वामपन्थी विद्वान व्यक्तित्व स्वनाम साथीको संयोजकत्वमा एमसिसि विरुद्ध संयुक्त संघर्ष समिती गठन गरेको छ । उहाँका अनुसार सो बैठकले राष्ट्रघाती एमसिसि खारेजको लागि देस बिदेसका एमसिसि विरोधी शक्ति, व्यक्ती, संघसंस्थाहरु र तिनले गरेका संघर्षहरुलाई संयोजन गरि एकीकृत र केन्द्रीकृत संघर्ष गर्ने बताउँदै संघर्षका विभिन्न नीति, कार्यक्रम र नाराहरु समेत घोषणा गरेको छ ।

यस्तो छ नीति :
१) घातक एमसिसि विरोधी सबै राजनीतिक वा सामाजिक शक्ति, व्यक्ती वा व्यक्तित्व, संघसंस्था, मंच, मोर्चा र अभियान तथा प्रतिष्ठान आदि र तिनले गरिरहेका सबै संघर्षहरुसंग संयोजित, संयुक्त र एकताबद्ध भएर एकीकृत र केन्द्रीकृत संघर्ष गर्ने नीति लिने ।
२) उपरोक्त नीति अनुरुप सकेसम्म एक मोर्चा एउटै निसाना बनाएर, नभए पनि अनेक मोर्चा एउटै निसाना बनाएर संघर्ष एकीकृत गरी प्रहार केन्द्रित गर्ने ।
३) उक्त संयुक्त संघर्ष समितिमा आबद्ध भएका वा नभएका शक्ति वा संस्थाहरुले आजभन्दा पहिले घोषणा गरेका एमसिसि विरुद्धका संघर्षहरुमा संघर्ष समितिको समर्थन, सहयोग र सहभागिता समेत रहने र उनीहरुबाट पनि यसैगरी आफ्नो कार्यक्रमलाई सहयोग तथा सद्भाव जुटाउने ।
४) एमसिसि खारेज नहुँदासम्म संघर्षलाई निरन्तरता दिई निर्णायक बनाएर निष्कर्षमा पुराउने आदि ।

यस्ता छन् कार्यक्रमहरु :
१) आज देखि हाललाई असार १६ सम्म साँझ ८ बजे १० मिनेट बत्ती निभाएर ब्लाक आउटमार्फत एमसिसिको विरोध जनाउने ।
२ आज अपरान्ह ४ देखि ५ बजेसम्म १ घण्टा न्युरोड सालिकचोकमा एमसिसि विरोधी शक्ति र संघसंस्थाहरुले आआफ्ना झण्डा तथा व्यानर प्रदर्सन गरि एमसिसि को विरोध गर्ने ।
३) नेकपा (नेकपा) स्थायी समिती सदस्यहरुलाई यही असार १० गते हुने उहाँहरुको बैठक अघि नै उहाँहरुलाई यही दस गते भित्र एमसिसि अघि नबढाउन अनुरोध गर्ने र त्यसपछी आवश्यक परे सबै दलका संघीय संसदका सांसदहरुलाई एसएमएस फोन, इमेल आदि गरि एमसिसि कुनै हालतमा पास नगर्न खबरदारी गर्ने ।
४) व्यक्तिगत र संस्थागत रुपले सबैले मिडिया र सामाजिक सन्जाल उपयोग गरि विरोध कार्यक्रमहरु भव्य र व्यापक गर्ने ।
५) अन्य ११ दलहरुसङ्ग मिलेर सभामुखलाई ज्ञापनपत्र दिने ।
६) २०७७/३/९ मा ११ दलले काठमाडौमा गर्ने विरोध प्रदर्शनमा सहयोग गर्ने र सहभागी हुने तथा यसै दिन मोफसलहरुमा पनि विभिन्न विरोधका कार्यक्रमहरु गरी तिनमा कम्तीमा एक लाख मानिसहरुको सहभागिता गराउने ।
७) विभिन्न प्रकारका विरोधका कार्यक्रमहरु गर्न देस, विदेस सबैतिर अनुरोध गर्ने ।
८) नागरिक आवाज, संपदा संरक्षण लगायतका संघसंस्थाहरुले एमसिसि विरुद्ध संचालन गरेको उपत्यका पदयात्रा कार्यक्रमहरुलाई समर्थन गर्दै सो को समापन स्वरुप २०७७/३/१२ मा काठमाडौको बसन्तपुरमा आयोजित एमसिसि विरोधी सभाको कार्यक्रमलाई भव्य रुपमा सफल पार्ने ।
९) उपरोक्त कार्यक्रम लगायतका बैठक, भेला र संघर्षका अन्य सबै कार्यक्रमहरुमा सत्तासीन नेकपाका एमसिसि विरोधी नेताहरुलाई आमन्त्रण गरी सहभागी बनाउन जोड गर्ने ।

यस्ता हुने छन् नाराहरु :
१) एमसिसि सम्झौता खारेज गर । राष्ट्रिय स्वाधीनताको रक्षा गर ।।
२) एमसिसि सहयोग चाहिंदैन । देश बेच्न पाइँदैन ।।
३) जनता होऔं होशियार । नेतालाई गरौं खबरदार ।।
४) भन्नोस, एमसिसि के के हो ? आईपीएसको अङ्ग हो ।।
५) भन्नोस् आईपीएस के के हो ? साम्राज्यवादी गठबन्धन हो ।।
६) एमसिसि एउटा जाल हो । नेपाल खाने चाल हो ।।
७) एमसिसि संशोधन धोका हो । द्वन्द्व छिर्ने ढोका हो ।।
८) असंलग्न नेपाललाई । सैन्य गठबन्धन चाहिंदैन ।।
९) पन्चशीलको सिद्धान्त । मासी खान पाइँदैन ।।
१०) इन्डो अमेरिकी गठबन्धन । मुर्दावाद मुर्दावाद ।।
११) नेपाली राष्ट्रिय स्वाभिमान । जिन्दावाद । जिन्दावाद ।।
१२) संयुक्तआन्दोलन जिन्दावाद । जिन्दावाद । जिन्दावाद ।।
१३) संयुक्त संघर्ष समिती जिन्दावाद । जिन्दावाद । जिन्दावाद ।।

सो संयुक्त संघर्ष समितिमा विभिन्न सामाजिक, सांस्कृतिक संघसंस्थाहरु, नेकपाका विभिन्न घटकहरु, विभिन्न देसभक्त मिडियाहरु, विदेसस्थित विभिन्न नेपाली संघसंगठनहरु र तिनका प्रतिनिधिहरुको आबद्धता रहेको जनाइएको छ ।

वि.सं.२०७७ असार ८ सोमवार १०:०५ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...