back
CTIZAN AD

नेपालमा असार ८ सम्मको कोरोना अपडेटः ९,५६१ संक्रमित, २३ को मृत्यु र निको हुनेको संख्या २,१४८ पुग्यो

वि.सं.२०७७ असार ८ सोमवार

822 

shares

८ असार, काठमाण्डौं । नेपालमा सोमबा (८ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ४९ हजार ४७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १२ हजार १२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ८१ हजार ३७१ र आरडिटी प्रविधिबाट २ लाख ६८ हजार १०३ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६ हजार १९८ वटा पिसीआर र ५ हजार ९२९ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ७,७८९ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९० हजार ७३० रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको छ भने आज निको भएर ३७० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २१४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २३ रहेको छ ।

आज ५३५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो
आज ५३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएकामा ७४ जना महिला र ४६१ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९,५६१ पुगेको छ ।

आज पुष्टि भएकामा सबैभन्दा बढी पाल्पामा ९५ जनामा संक्रमण देखिएको छ भने कैलालीमा ५८ जना,गुल्मीमा ५५ जना, सर्लाही ४७ जना, रौतहटमा ३४ जना, स्याङजामा ३३ जना, प्युठानमा ३० जना, नवलपरासीपूर्वमा २४ जना र सिराहामा २३ जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४ महिला र ४पुरुष गरी ८ जना, सप्तरीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका २ महिला र १ पुरुष, मोरङका २ महिला र २ पुरुष गरी ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका १ महिला र ९ पुरुष, महोत्तरीका १ पुरुष, सप्तरीका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ पुरुष, अर्घाखाँचीका २ महिला र ७ पुरुष गरी ९ जना, बैतडीका १ महिला र १३ पुरुष गरी १४ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, डोटीका ४ महिला र ३ पुरुष गरी ७ जना, गुल्मीका १ पुरुष, जाजरकोटका १ पुरुष, कैलालीका १ महिला र ५७ पुरुष गरी ५८ जना, नवलपरासीका १ महिला र ४ पुरुष गरी ५ जना, सर्लाहीका ८ महिला र ३९ पुरुष गरी ४७ जना, सिन्धुपाल्चोकका २ महिला, सिराहाका ४ महिला र १९ पुरुष २३ जना, स्याङजाका १ महिला र १९ पुरुष गरी २० जना, पाल्पाका १० पुरुष, प्युठानका ५ महिला र १९ पुरुष गरी २४ जना, रौतहटका १ महिला र ३३ पुरुष गरी ३४ जना र रुपन्देहीका ३ महिला र ६ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ पुरुष, नवलपरासीपूर्वका १ महिला र १५ पुरुष गरी १६ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ओखलढुंगाका १ पुरुष, गुल्मीका ६ महिला र ३५ पुरुष गरी ४१ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङजाका १, तनहुँका १ महिला र १० पुरुष गरी ११ जना, प्रादेशिक जनस्वास्थ्य पोखरामा नवलपरासीपूर्वका ८ पुरुष, स्याङजाका २ महिला र १० पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ महिला र १३ पुरुष गरी १४ जना, पाल्पाका १५ महिला र ६५ पुरुष गरी ८५ जना, रुपन्देहीका ३ पुरुष र प्युठानका ६ पुरुषमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १ महिला र १२ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज ५३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।संक्रमण पुष्टि भएकामा ७४ महिला र ४६१ पुरुष रहेका छन् । आज थपिएका ५३५ जनासँग्गै नेपालमा कोरोना संक्रण हुनेको संख्या ९,५६१ पुगेको छ । जसमा ८९४ महिला र ८,६६७ जना पुरुष रहेका छन् । बाग्मती प्रदेशको रसुवा बाहेक संक्रमित भएको जिल्ला ७६ पुगेको छ ।

आज ३७० जना कोरोनाबाट मुक्त, निको हुनेको संख्या २१४८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज (सोमबार) पनि ३७० जना कोरोना संक्रमणबाट निको घर फर्किएका हुन् । उनीहरुमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज डिस्चार्ज हुनेमा कोरोना विशेष अस्पताल दाङबाट १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुष गरी ६ जना, कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष गरी २८ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी दैलेख अस्पताल दुल्लुबाट १९ महिला र २४६ परुष गरी जम्मा २६५ जना, सल्यान अस्पतालबाट १ महिला र ३६ पुरुष गरी ३७ जना, नारायणी अस्पताल बीरगन्जबाट २ महिला र ९ पुरुष गरी ११ जना, धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष गरी १७ जना निको भई डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएका ३७० जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१४८ पुगेको छ । जसमा १६१ महिला र १,१६१ पुरुष रहेका छन् ।

नेपालमा हालसम्म ९०२६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु, हेर्नुहोस् अन्य विवरण

वि.सं.२०७७ असार ८ सोमवार १८:२३ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...