back
CTIZAN AD

नेपालमा हालसम्म ९०२६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु, हेर्नुहोस् अन्य विवरण

वि.सं.२०७७ असार ७ आइतवार

750 

shares

७ असार, काठमाण्डौं । नेपालमा (७ असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ३९ हजार ३५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १५ हजार ८८२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ७७ हजार १८३ र आरडिटी प्रविधिबाट २ लाख ६२ हजार १७४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६ हजार ८ वटा पिसीआर र ९ हजार ८७४ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ७,२३१ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०५ पुगेको छ । साथै आज २ जना रेडजोनामा थपिएका छन् । उनीहरु दाङ र काठमाण्डौंका रहेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९४ हजार ९२८ रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार क्वारेन्टिनमा रहनेको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको छ भने आज निको भएर १९४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,७७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २३ रहेको छ ।

आज ४२१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ९०२६ पुग्यो
नेपालमा आज ४२१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका
आज पनि सबैभन्दा बढी अर्घाखाचीका ७४ जना, सिराहाका ५२ जना, डडेल्धुराका २७ जना, नवलपरासी पश्चिमका २७ जना, कैलालीका २४ जना, बाग्लुङका २१ जना, र प्युठानका २० जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष गरी ६ जना, उदयपुरका १ महिला र ४ पुरुष गरी ५ जना, मोरङका १ महिला र १ पुरुष, सुनसरीका १ महिला र १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका १ महिला र ७ पुरुष गरी ८ जना, महोत्तरीका २, सप्तरीका २ पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ महिला र १० पुरुष गरी १६ जना, डडेल्धुराका ३ महिला र ११ पुरुष गरी १४ जना, डोटीका २ महिला र १४ पुरुष गरी १६ जना, गुल्मीका १ महिला र ४ पुरुष गरी ५ जना, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ पुरुष गरी २१ जना र नुवाकोटका १ पुरुष, प्युठानका २ महिला र १८ पुरुष गरी २० जना, रामेछापका १ पुरुष, रुपन्देहीका १ पुरुष, सर्लाहीका १ महिला र ४ पुरुष गरी ५ जना, सिराहाका ४ महिला र ४८ पुरुष गरी ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ महिला र पाल्पाका २ पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ पुरुष गरी ४९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २, कास्कीका २, स्याङजाका २ महिला र ८ पुरुष गरी १० जना, बाग्लुङका २१ पुरुष, मुस्ताङका १ पुरुष, म्याग्दीका २ महिला र २ पुरुष गरी ४ जना, नवलपरासीपूर्वका २ पुरुष, पर्वतका २ पुरुष, तनहुँका १ महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका १ महिला र ८ पुरुष गरी ९ जना, गुल्मीका १ महिला र १ पुरुष, कपिलवस्तुका १ महिला र १३ पुरुष गरी १४ जना, नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ महिला र १ पुरुष, रुपन्देहीका १ पुरुष, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १, बर्दियाका ३ पुरुष, रोल्पाका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० पुरुष, रोल्पाका १ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ महिला, सल्यानका ६ पुरुष, सुर्खेतका २ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ पुरुष बैतडीका १ महिला र १ पुरुष, बझाङका २ पुरुष, डडेल्धुराका ४ महिला र २३ पुरुष गरी २७ जना, डोटीका ४ महिला र ७ पुरुष गरी ११ जना, कैलालीका २ महिला र २२ पुरुष गरी २४ जना र कन्चनपुरका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । आज थपिएका ४२१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । जसमा महिला ८२० जना महिला र ८२०६ जना पुरुष रहेका छन् । आज मुस्ताङ थपिएसँगै संक्रमितका रहेका जिल्ला ७५ पुगेको छ ।

आज १९४ जना कोेरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १,७७२ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १९४ जना निको भएर फर्किएका हुन् । उनीहरुमा १९४ जनामा ८ महिला र १८६ जना पुरुष रहेका छन् ।

आज काठमान्डौं मेडिकल कलेज दुवाकोटबाट काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना, जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीका १ महिला र १७ पुरुष गरी १८ जना, अल्पाइन नर्सिङ इन्स्च्युटबाट सर्लाहीका १ महिला र ७३ पुरुष गरी ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यसैगरी धरहरी स्कुल धरहरी रौतहटबाट १ महिला र ४२ पुरुष गरी ४३ जना, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १ महिला र ११ पुरुष गरी १२ जना, गौर नर्सिङ इन्स्च्युटबाट २ महिला र ४० पुरुष गरी ४२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज संक्रमण मुक्त भएका १९४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १,७७२ पुगेको छ । जसमा १४९ महिला र १६२३ जना पुरुष रहेका छन् ।

आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या २३ पुग्यो
नेपालमा आज (आइतबार असार ७) थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडा गुल्मीका ६९ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्यारालाइसिस उपचारका लागि भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएर होम क्वारेन्टिनमै बसेका थिए । उनको असार ५ गते घरमै मृत्यु भएको हो । सोहि दिन नमुना संकलन गरी भैरहवा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजा शनिबार (असार ६ गते) पोजेटिभ आएको थियो ।

उनको शब नेपाली सेनाको सहयोगमा शनिबारै व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

असार ५ गते मृत्यु भएका उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । हालसम्म मृत्यु हुनेका २ महिला, १ बालिका र २० जना पुरुष रहेका छन् ।

नेपालमा आजसम्मको कोरोना अपडेटः ८६०५ संक्रमित, २२ को मृत्यु, आइसोलेशनमा ७००५

वि.सं.२०७७ असार ७ आइतवार १८:४९ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...