
७ असार, काठमाडौँ । अर्घाखाँचीका नारायणप्रसाद पौडेल काठमाडौँस्थित कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् ।
लामो समय अध्यापन, पर्यटन व्यवसाय तथा समाजका विभिन्न संघसंस्थामा नेतृत्व दिँदै आएका पौडेल २०६४ देखि सोही क्याम्पसमा नियमित अध्यापन गर्दै आएका थिए ।
नेपाल पब्लिक क्याम्पस महासंघको उपमहासचिव, ग्रामिण खानेपानी फण्ड वोर्डको वोर्ड सदस्य, काठमाडौ महानगरपालिकाको प्राइभेट–पब्लिक पार्टनरशिपको वोर्ड सदस्य, साना तथा मझौला उद्योग व्यवसायी महासंघको उपाध्यक्ष, राष्ट्रिय खेलकुद परीषद्को सदस्य, दिगो पर्यटन सहकारीको वोर्ड सदस्य लगायत ३ दर्जन बढी संघसंस्थामा सक्रियता देखाउँदै आएका र एक दर्जन संस्थामा नेतृत्व समेत प्रदान गर्दै आएका पौडेल ‘कलेज रिडर’ पत्रिकाको प्रधान सम्पादक समेत हुन् ।
शिक्षालाई जनजीवनसँग जोड्नु पर्छ भन्ने विचार व्यक्त गदै आएका पौडेलले ‘कैलाशकुट बहुमुखी क्याम्पस’ को सबल नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ ।