back
CTIZAN AD

आजमात्रै १० चार्टड उडानमार्फत् ९२१ नेपाली देश फर्किए

वि.सं.२०७७ असार ७ आइतवार

750 

shares

७ असार, काठमाण्डौं । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् । उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तरराष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आज नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सले कतारको दोहाबाट १४६ यात्रु र तीन बच्चा ल्याएको छ । दुबई र ढाकाबाट थप यात्रु ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै हिमालय एयरलाइन्सले अबुधाबीबाट १५२ यात्रु र एक बच्चा, मलेसियाबाट २१ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६१ यात्रु र पाँच बच्चा ल्याएको छ भने सोही गन्तब्यबाट थप यात्रु ल्याउन जजीरा एयर त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । त्यसैगरी फ्लाइट दुबईले १८४ यात्रु र पाँच बच्चा ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट कार्गो ल्याउन प्रस्थान गरेको बताइएको छ ।

आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको विज्ञप्तिमा जनाइएको छ । रासस

वि.सं.२०७७ असार ७ आइतवार २०:०७ मा प्रकाशित

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...