back
CTIZAN AD

कैदी बन्दीले पाए न्यानो कम्बल

वि.सं.२०७३ पुस १२ मंगलवार

990 

shares

१२ पुस, कोहलपुर (बाँके) । क्षमताभन्दा बढी कैदीबन्दी रहेका नेपालगन्ज कारागारका कैदीबन्दीलाई सोमबार कम्बल वितरण गरिएको छ ।

पुस महिनाको चिसोबाट जोगिने उद्देश्यले नेपालगन्जका स्थानीयवासी एवम् व्यापारीले कारागारका कैदीबन्दीलाई कम्बल वितरण गरेको कारागार व्यवस्थापन विभाग बाँकेका जेलर तीर्थराम यादवले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न सुत्न समस्या भइरहेका बेला कारागारमा कैदीबन्दी जीवन बिताइरहेका विपन्न कैदीबन्दीलाई २०० थान कम्बल वितरण गरिएपछि कैदीबन्दी हर्षित भएका छन् ।

व्यापारी हाजी शकिल अहमद जसगढद्वारा उपलब्ध गराइएको उक्त कम्बललाई सोमबार एक कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले कारागारका जेलर यादवमार्फत कैदीबन्दीलाई ती कम्बल हस्तान्तरण गर्नुभयो ।

तीन सय क्षमता रहेको कारागारमा हाल एक नाबालक, ५१ जना महिलासहित ६०० कैदीबन्दी रहेका छन् ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०४:०२ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...